×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेतीले चैत २१ देखि बुक क्लोज गर्ने, चैत ३० मा साधारण सभा हुने

  • अर्थ सरोकार सम्वाददाता

 काठमाडौं – सेती फाइनान्सले चैत २१ देखि ३० गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । सेतीले चैत ३० गते वार्षिक साधारण सभा आयोजना गर्न सेयरधनी दर्ता किताब बन्द गर्न लागेको हो । साधारण सभामा सेतीले १ः१.५ (१५० प्रतिशत) अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । सेतीले ५७ लाख १० हजार ८०० रुपैयाँ बराबरको बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा हकप्रद ल्याउने प्रस्ताव गरेको हो । 
सेतीले यसअघि पनि नौ लाख ५१ हजार ७८६ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । यो हकप्रद सबै बिक्री नभएपछि सेतीले हालै यसको लिलामी गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सेतीको चुक्ता पुँजी ६ करोड ३४ लाख ५२ हजार रुपैयाँ छ । सेतीले ४८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: