×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कञ्चनपुर घटनाको विरोधमा प्रदर्शन, भन्सार कार्यालयमा समेत तोडफोड

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – भारतीय हस्तक्षेप विरुद्ध उत्रिएका गोविन्द गौतमको भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु भएपछि पश्चिम नेपालसहित विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागेर गौतमको मृत्यु भएपछि कैलाली र कञ्चनपुरमा शुक्रबार पनि बिहानैबाट स्थानीयबासीहरु प्रदर्शनमा उत्रिएका छन् । भारतीय सीमानाका समेत बन्द गराएका उनीहरु कैलालीको त्रिनगर भन्सार कार्यालयको मुख्यगेटमा तोडफोड समेत गरेका छन् ।
एसएसबीको ज्यादती र नेपाली सुरक्षाकर्मीको सहयोगको विरुद्ध स्थानीयबासी प्रदर्शनमा उत्रिएपछि कैलाली र कञ्चनपुरका सबै ३र३ वटा सीमानाका बन्द गरिएको छ । कञ्चनपुरको आनन्दबजारमा भारतीय हस्तक्षेपको विरोधमा उत्रिएका गौतमको एसएसबीले चलाएको गोली लागेर बिहीबार मृत्यु भएको थियो । सो घटनाको विरोधमा काठमाडौंमा पनि प्रदर्शन र र्‍याली निकालिएको बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: