×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२२.३३ अंकले नेप्सेमा गिरावट

साताको चौथो दिनको सेयर कारोबारमा तिब्र उतारचढाव देखिएको छ। कारोबार सुरु भएको पहिलो १० मिनेटमा ३३ अंकले बढेर १६४३ को बिन्दुमा पुगेको नेप्से २२.३३ अंकले घटेर १५८८ को बिन्दुमा फर्किएको छ। 
बुधबार कारोबारमा आएका १४९ कम्पनीको ५० लाख ३३ हजार कित्ता सेयर खरिद बिक्रिबाट २ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। हकप्रद सुरक्षित गर्ने अन्तिम दिन रहेको नेपाल बंगलादेश बैंकको संस्थापक र साधारण सेयर गरि करिब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। 
अन्य बढी कारोबार हुने कम्पनीहरुमा समेत बाणिज्य बैंक नै अग्रस्थानमा रहेका छन। नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएको नेपाल बैंक, सानिमा बैंक, एनसीसी बैंक, लक्ष्मी बैंकको सबै भन्दा बढी कारोबार भएको छ।
करिब अढाई अर्बको कारोबार हुँदा ४५ कम्पनीका लगानीकर्ताले कमाएका छन। जसमा सिन्धु र कन्काई बिकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सस्तोमा सेयर उठाउनेहरुले बढेको बजारमा नाफा बुक गर्न खोज्दा आएको सेलिंग प्रेसरले कारोबार रकममा टेवा मिलेपनि नेप्सेमा भने करेक्सन देखिएको छ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: