×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वदेशी लघुवित्तले पायो आइपीओ ल्याउने अनुमति

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – स्वदेशी लघुवित्त वित्तीय संस्थाको तीन लाख कित्ता आइपीओ धितोपत्र बोर्डले स्वीकृत गरेको छ । स्वदेशी लघुवित्तले सर्वसाधारणमा तीन करोड रुपैयाँको तीन लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो । पुँजी बजार नियामक धितोपत्र बोर्डबाट अनुमोदन भएकाले अब केही समयपछि निष्कासन प्रक्रिया सुरु हुनेछ ।
कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा सेयर जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ हुनेछ । यसमध्ये सर्वसाधारणलाई ३० प्रतिशत सेयर दिन लागिएको हो । ७० प्रतिशत भने संस्थापकले राख्ने भएका छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: