×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उपत्यकामा फेरि थपिए २० ठूला बस

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौं – लामो समयदेखिको निलो र हरियो रंङको साना माइक्रोबसको एकाधिकार रहेको माकलबारी क्षेत्रमा समेत ठूला बस भित्रिएका छन् । जय बाबा गोकर्णेश्वर नाममा यो क्षेत्रमा २० ठूला बस चल्न लागेका हुन् । मंगलबार विशेष कार्यक्रम गरेर बस सेवा सुरु गर्ने कम्पनी अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताए । यी बस माकलबारीलाई केन्द्र बनाएर बिभिन्न रुटमा चल्नेछन् । 

माकलबारीबाट गौरीघाट र जोरपाटी दुइवटा बस चल्ने श्रेष्ठले जानकारी दिए । १० वटा बस माकलबारीबाट नारायणटार(गौरीघाट(मित्रपार्क(गौशाला हुँदै कोटेश्वर पुगेर चक्रपथ परिक्रमा गर्ने र चावहिलबाट पुनस् मित्रपार्क आएर सोही रुटबाट फर्कने छन् । बाँकी बस भने माकलबारीबाटनारायणटार, जोरपाटी, बौद्ध, चाबहिल, धुम्बाराही हुँदै चक्रपथ परिक्रमा गर्ने र फेरि चावहित पुगेर सोही रुटबाट माकलबारी फर्कनेछन् ।
  थप पाँचवटा बस समेत तत्काल थपिने कम्पनीले जनाएको छ। ती गाडी चलाउन फाइनान्सिङको काम भइ रहेको र साता भित्र सञ्चालनमा ल्याइ सक्ने जनाइएको छ । ड्राइभर सहित ३५ सिट क्षमताका बसमा निशुल्क वाइफाइ सुविधा हुने कम्पनीले जनाएको छ । अरु बस भन्दा फराकिलो रहेको कारण उभिएर यात्रा गर्न समेत सहज हुने अध्यक्ष श्रेष्ठले बताए। सिट पनि अरु गाडीभन्दा सुविधायुक्त रहेको श्रेष्ठको दावी छ । 
नारायणटार देखि माकलबारी सडकखण्डमा यसअघि ग्याँसबाट चल्ने ३५ बढी निलो रंङका माइक्रोबस चल्दै आएका थिए । यी माइक्रोबस, गौरीघाट, मित्रपार्क, गौशला, पुरानोबानेश्वर, मैतीदेवी, पुतलीसडक हुदै रत्नपार्क जान्छन् । स्थानीयबासीले कामबाट बेलुका घर फर्कंदा माकलबारी जाने गाडी नपाइने गुनासो गर्दै आएका थिए। निलो माइक्रोबस चलाउँदै आएका यातायात व्यवसायीले भने ठूला बसको बिरोध गरेका छन् । आफुहरुसँग छलफल नै नगरि ठूला बस हालेर विस्थापित गर्न खोजेको उनीहरुको आरोप छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: