×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री र युएईका राजदूतबीच भेटवार्ता

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ चैत्र २०७३, मंगलवार

PRIME CA
laxmi sunrise bank

प्रधानमन्त्री र युएईका राजदूतबीच भेटवार्ता

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि संयुक्त अरब ईमिरेट्स ९युएई० का राजदूत सइद अल नक्वीबीच शिष्टाचार भेट भएको छ । मंगलबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले यूएई र नेपालबीच सुमधुर सम्बन्ध रही आएको बताउँदै यस क्रममा युएईबाट बिभिन्न क्षेत्रमा प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरे । 
 हालै आफ्नो युएई भ्रमणका क्रममा प्राप्त सदभावप्रति आभार व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले उक्त भ्रमणका क्रममा अगाडि बढाइएका दुई देशबीचका विभिन्न कार्यलाई गति दिन युएईबाट पनि उच्च स्तरको भ्रमणको अपेक्षा गरिएको जानकारी बताए। भेटका क्रममा राजदूत सइदले नेपाल सरकार र नेपाली जनताबाट पाएको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै नेपालको विकास र भौतिक पूर्वाधारको क्षेत्रमा युएईबाट लगानीको प्रतिवद्धता व्यक्त गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: