×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमालेको मेची-महाकाली अभियान हेटौँडाबाट सुरु

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ – सोमबार सप्तरीमा चारजनाको ज्यान जानेगरी भएको घटनापछि स्थगन भएको एमालेको मेची-महाकाली अभियान हेटौंडाबाट सुरु हुँदैछ । दिउसो २ बजेका लागि हेटौंडास्थित भुटनदेवी मैदानमा कार्यक्रम राखे पनि बिहानैदेखि सहभागिहरु आउन थालेका छन् ।
मेची-महाकाली अभियानका लागि हेटौंडाको भुटनदेवी मैदानमा अहिलेदेखि नै मानिसहरु उपस्थित हुन थालेका छन् । सभामा सहभागि हुन मकवानपूर र पूर्वी चितवनका विभिन्न भागबाट जुलुशहरु सुरु हुन थालेको छ । हुँदैझापाको काकडभिट्टाबाट सुरु भएको अभियान विशाल उपस्थितिका साथ मोरङ, सुनसरी हुँदै सप्तरीमा पुगेपछि सत्तारुढ मधेसी मोर्चाको सशस्त्र आक्रमण भएको थियो ।
 सोही क्रममा सप्तरीको राजविराजमा पुगेपछि एमालेले अभियान तीन दिनका लागि स्थगित गरेको थियो । आफ्नो शान्तिपूर्ण अभियानमाथि सत्तारुढ मोर्चाले सशस्त्र आक्रमण गरेपछि अभियानलाई थप जनसहभागिता मुलक बनाउने तयारी गरेको छ । सभामा सहभागी हुन काठमाडौँबाट एमालेका नेता कार्यकर्ताहरु हेटौँडा पुग्ने क्रम पनि जारी छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: