×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सप्तरीमा भएको गोलीकाण्ड तीन दलको योजनामा भएको हो : अध्यक्ष यादव

  • अर्थ सरोकार संम्वाददाता

काठमाण्डौ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलले योजनाबद्ध रुपमा सप्तरी घटना घटाइएको आरोप लगाएका छन् । रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्री, गृहमन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी  घटना घटाएको आरोप लगाए । 
लोकतन्त्रमा एमालेले आमसभा गर्न पाउने र अरुले त्यसको विरोध पनि गर्न पाउने हुँदाहुँदै मधेसी मोर्चाका कार्यकर्तालाई छानी–छानी टाउकोमा गोली हान्नुले घटना योजनाबद्ध रहेको पुष्टि हुने उनको तर्क छ । साथै यादवले सप्तरी घटनामा आफूहरुको सामूहिक हत्या गर्ने प्रयास भएको भनेर एमालेले भ्रमक प्रचार गरेको गुनासो पनि गरे ।
स्थानीय तहको निर्वाचन हुन नसक्ने जिकिर गर्दै उनले संविधान निर्माणमा भएको त्रुटी नसच्याएसम्म देशमा शान्ति स्थापना नहुने ठोकुवा गरे । स्थानीय संरचनाको टुंगो नलगाई स्थानीय तहको निर्वाचन घोषणा गर्नु निर्वाचन नगर्ने षड्यन्त्र भएको उनको तर्क छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: