×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वेष्टर्न डेभलपमेन्ट बैंकले प्रस्ताव गर्यो तीन करोड बराबरको बोनस सेयर

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ चैत्र २०७३, बुधबार

PRIME CA
laxmi sunrise bank

वेष्टर्न डेभलपमेन्ट बैंकले प्रस्ताव गर्यो तीन करोड बराबरको बोनस सेयर

वेष्टर्न डेभलपमेन्ट बैंकका सेयरधनीले तीन करोड १३ लाख ९२ हजार रुपैयाँ बराबरको बोनस सेयर पाउने भएका छन् । बैंकको चैत्र १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट उक्त अनुपातमा बोनस सेयर र १६ लाख ५२ हजार दुई सय १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो ।
सञ्चालक समितिको उक्त प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।वेष्टर्नले हालै शतप्रतिशत हकप्रद सेयर जारी गरेर ३१ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४४ करोड रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: