×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

होटल अन्नपूर्णका राणा र हिमालयन बैंकको नेतृत्व अवैध रुपमा नेपालबाहिर डलर पठाउने कार्यमा संलग्न रहेको ठहर

दरबारमार्गमा रहेको होटल डेला अन्नपूर्ण प्रालिका कार्यकारी अध्यक्ष कपिल शमशेर जबराले आफ्नो छोराछोरीको विद्यालयको शुल्क ठमेलमा रहेको हिमालयन बैंक लिमिटेडको केन्द्रीय कार्यालय कमलादी र शाखा कार्यालय ठमेलमा रहेको विदेशी मुद्रा खाताबाट खर्च गरेको पुष्टि नेपाल राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले गरेको लामो अनुसन्धानबाट उक्त कुराको पुष्टि भएको हो । राणाले गैरकानुनी रुपमा होटलको खाता आफ्ना छोराछोरी पठाउन खर्च गरेको समाचार आर्थिक दैनिकले प्रकाशित गरेको थियो । 
कम्पनी ऐनअन्तर्गत स्थापित र नेपाल सरकार, नेपाल ट्रष्टको समेत सेयर लगानी रहेको संस्थाका पदाधिकारीले व्यक्तिगत खर्च कम्पनीबाट गर्न नहुनेमा कानुन उल्लङ्घन गरेर खर्च गरेको राष्ट्र बैंकले ठहर गरेको हो । ‘२०६८ साल साउनदेखि २०७१ साल चैतसम्मको कारोबारेको निरीक्षण गर्दा उक्त अवधिमा उल्लिखित होटलका कार्यकारी अध्यक्ष कपिल शमशेर जबराका छोराछोरीको अध्ययन खर्चबापत अन्नपूर्ण होटल प्रालिले हिमालयन बैंक लिमिटेडस्थित कम्पनीको विदेशी मुद्रा खाता खर्च गरी यूएस डलर दुई लाख ६५ हजार चार सय ११.९६ भुक्तानी गरेको देखिन्छ’, नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग आन्तरिक प्रशासन फाँटको तर्फबाट तत्कालीन निर्देशक वासुदेव अधिकारीले हस्ताक्षर गरी २०७२ साल मंसिर २७ गते राजस्व अनुसन्धान विभागलाई लेखेको पत्रको बुँदा नम्बर १२ मा भनिएको छ, ‘कम्पनी ऐन अन्तर्गत स्थापित र नेपाल सरकार, नेपाल ट्रष्टको समेत सेयर लगानी रहेको संस्थाका पदाधिकारी कपिल राणाका छोराछोरीको अध्ययनको लागि खर्च भएको व्यक्तिगत खर्च समेत उक्त कम्पनीको आयबाट व्यहोरेको ।’
“सम्बन्धित बैंक तथा वित्तीय संस्थाले चाहेमा प्रचलित व्यवस्थाहरुअन्तर्गत रही पछि परिवत्र्य विदेशी मुद्रामा नै हिसाबमिलान गर्नुपर्ने शर्तमा अमेरिकी डलर १० हजारसम्म खर्च गर्न सकिने गरी क्रेडिट कार्ड जारी गर्नसकिने व्यवस्था रहेकोमा भ्रमण अवधिभर पटक–पटक गरी अमेरिकी डलर ७८ हजारबराबरको क्रेडिट कार्ड जारी गरेको, अमेरिकी डलर १० हजारभन्दा बढीको क्रेडिट कार्ड जारी तथा ‘टपअप’ गरेको । त्यसैगरी होटलको वि.मु. खाता खर्च गरी होटलका पदाधिकारीहरुलाई एकै दिनमा एकभन्दा बढी क्रेडिट कार्ड जारी तथा ‘टपअप’ गरी दश हजार डलरभन्दा बढीको सटही सुविधा प्रदान गरेको ।”
राष्ट्र बैंकका अनुसार राणाले आफ्ना छोराछोरीको अध्ययनको लागि सन् २०१२ अप्रिल २६ मा होटल डेला अन्नपूर्ण प्रालिको खाताबाट १५ लाख ४६ हजार ४५ रुपैयाँ पाँच पैसाबराबरको विदेशी मुद्रा झिकेर खर्च गरेका छन् । जुनसुकै बैंकहरुले निर्यात तथा पर्यटन क्षेत्रको व्यवसायबाट परिवत्र्य विदेशी मुद्रा आर्जन गरी खाता खोलिरहेका निकायहरुलाई आफ्नो व्यापार प्रवद्र्धनको सिलसिलामा कुनै पदाधिकारीलाई तालिम, गोष्ठी, बैठक आदिको निमित्त भारतबाहेकका विदेश भ्रमणमा पठाउँदा मात्र त्यस्तो निकायहरुको विदेशी मुद्रा खाता खर्च गरी सटही सुविधा उपलब्ध गराउनुपर्नेमा कम्पनीका पदाधिकारीका छोराछोरीको विद्यालय अध्ययनको निमित्त समेत सटही सुविधा प्रदान गरेर अधिकारको चरम दुरुपयोग गरेको छ ।
राष्ट्र बैंकले राजस्व अनुसन्धानलाई लेखेको पत्रमा उक्त होटलले विदेशी रकमको सटही सुविधाको दरपीठ गर्नुपर्नेमा उक्त व्यवस्थाको समेत उल्लङ्घन गरेको प्रष्ट पारेको छ । राष्ट्र बैंकले राजस्व अनुसन्धानलाई लेखेको पत्रमा भनिएको छ, ‘यस बैंकबाट जारी परिपत्र संख्या ४१६ को बुँदा ५ मा निर्यात तथा पर्यटन क्षेत्रको व्यवसायबाट परिवत्र्य विदेशी मुद्रा आर्जन गरी खाता खोलिरहेका निकायहरुको पदाधिकारी तथा भ्रमणकर्तालाई तोकिएबमोजिमको प्रयोजनको लागि विदेशी मुद्रा उपलब्ध गराउँदा निवेदकको नाम, भ्रमण गर्ने देश र मिति, आवश्यक पर्ने विदेशी मुद्रा, विदेशी मुद्राको खाता नम्बर, यसअघि र हालसम्म लिएको विदेशी मुद्रा, आर्थिक वर्षमा आर्जन गरी खातामा जम्मा भएको विदेशी मुद्रालगायतका विवरणहरु लिई सोही परिपत्रको अनुसूची ३ बमोजिमको फाराम भराई लिई उपलब्ध गराएको सटही सुविधाको दरपीठ गराई सोको अभिलेख राख्नुपर्ने व्यवस्थाको पालना नगरेको ।’
राष्ट्र बैंकका अनुसार हिमालयन बैंकले प्रक्रिया पूरा नगरी विदेशी मुद्रा दिएको देखिएको छ । राजस्वलाई राष्ट्र बैंकले बुझाएको पत्रको बुँदा नम्बर १० मा प्रष्ट भनिएको छ, ‘संस्थाले इ.प्रा. परिपत्र ४१६ बमोजिम विदेशी मुद्रा सटही सुविधा प्रदान गर्दा तालिम, गोष्ठी, बैठक आदि प्रमाणित हुने कागजात तथा के कति दिनको लागि सटही सुविधा आवश्यक परेको हो सो समेत खुल्ने कागजात नलिई होटल डेला अन्नपूर्णको अनुरोधमा मात्र सटही सुविधा प्रदान गर्ने गरेको ।’ राष्ट्र बैंकको उक्त पत्रले होटलका कार्यकारी अध्यक्ष राणा र हिमालयन बैंकको नेतृत्वबीच अवैध गठबन्धन भएर डलर अवैध बाटोबाट बाहिर गएको प्रष्ट भएको छ । यसमा हिमालयन बैंकको नेतृत्व र होटलका राणा डलर अवैध रुपमा नेपालबाहिर पठाउने कार्यमा संगठित रुपमा लागेको कारण उनीहरुलाई सोही अपराधमा कारबाही हुनुपर्ने देखिन्छ ।
त्यस्तै, राष्ट्र बैंकले राजस्व अनुसन्धानलाई बुझाएको अनुसन्धान प्रतिवेदनको बुँदा नम्बर ९ मा भनिएको छ, ‘सम्बन्धित बैंक/वित्तीय संस्थाले चाहेमा प्रचलित व्यवस्थाहरुअन्तर्गत रही पछि परिवत्र्य विदेशी मुद्रामा नै हिसाबमिलान गर्नुपर्ने शर्तमा अमेरिकी डलर १० हजारसम्म खर्च गर्न सकिने गरी क्रेडिट कार्ड जारी गर्न सकिने व्यवस्था रहेकोमा भ्रमण अवधिभरमा पटक–पटक गरी अमेरिकी डलर ७८ हजारबराबरको क्रेडिट कार्ड जारी गरेको, अमेरिकी डलर १० हजारभन्दा बढीको क्रेडिट कार्ड जारी तथा ‘टपअप’ गरेको । त्यसैगरी होलटलको वि.मु. खाता खर्च गरी होलटका पदाधिकारीहरुलाई एकै दिनमा एकभन्दा बढी क्रेडिट कार्ड जारी तथा ‘टपअप’ गरी दश हजार डलरभन्दा बढीको सटही सुविधा प्रदान गरेको ।’
यसैगरी, राष्ट्र बैंकले गरेको अनुसन्धानमा हिमालयन बैंकले मिलेमतोमा कानुनबाहिर गएर उक्त होटलका राणालाई असीमित रुपमा सटही सुविधा दिएको समेत ठहर गरेको छ । राष्ट्र बैंकले अनुसन्धान प्रतिवेदनको बुँदा नम्बर ८ मा भनेको छ, ‘परिपत्र संख्या ६२५ को २ ‘ङ’मा निर्यात तथा पर्यटन क्षेत्रबाट परिवत्र्य विदेशी मुद्रा आर्जन गरी परिवत्र्य विदेशी मुद्राको आर्जन खाता खोलेका निकायहरुले आ–आफ्ना पदाधिकारीहरुलाई त्यस्तो खाताबाट खर्च हुने गरी क्रेडिट कार्ड उपलब्ध गराएका केसहरुको हकमा त्यस्तो खाताबाट खर्चको हिसाबमिलान गर्नुपर्नेछ । यसरी खर्च गर्दा खर्चको सीमाको हकमा प्रचलित व्यवस्थाअन्तर्गत रही गर्नुपर्ने व्यवस्था रहेको भए पनि बैंकले होटलका पदाधिकारीहरु २०१४/१०/२२ बाट २०१४/११/१५ सम्म बेलायत भ्रमणमा जान सोही अवधिका विभिन्न समितिमा स्विफ्टमार्फत त्यहाँस्थित विभिन्न निकायहरुलाई अमेरिकी डलर ५२ हजार सात सय ७५.२८ भुक्तानी गरेकोमा सोही अवधिमा सोही प्रयोजनको लागि अमेरिकी डलर ७८ हजारको क्रेडिट कार्ड जारी गरी तथा सीमाभन्दा बढी सटही सुविधा प्रदान गरी इ.प्रा. परिपत्र संख्या ४१६ को दफा १ र अनुसूची १ को उल्लङ्घन गरेको ।’

राष्ट्र बैंकले राजस्वलाई बुझाएको अनुसन्धान प्रतिवेदनको सोही बुँदामा अगाडि भनिएको छ, ‘परिपत्रमा उल्लेख भएबमोजिमको प्रचलित व्यवस्थाअन्तर्गत रहेर मात्र क्रेडिट कार्ड जारी गर्नुपर्ने व्यवस्थाको पालना नभएको । निजहरुले प्राप्त गर्ने दैनिक होटल तथा खाना खर्च, मनोरञ्जन, भइपरी तथा अतिथि सत्कार खर्च र एक आर्थिक वर्षमा पाउने अधिकतम तथा कुल भ्रमण अवधिको एकीन नगरी असीमित रुपमा सटही सुविधा प्रदान गरेको ।’
यस्तै, राष्ट्र बैंकले होटल अन्नपूर्णले सात लाख ३३ हजार नौ सय ८३.५७ अमेरिकी डलर कसलाई भुक्तानी गरेको अहिलेसम्म खुल्न नसकेको भन्दै उक्त रकम हिनामिना भएको ठहर गरेको छ । राष्ट्र बैंकले राजस्व अनुसन्धान विभागलाई बुझाएको प्रतिवेदनको बुँदा नम्बर ७ मा भनिएको छ, ‘होटल डेला अन्नपूर्ण प्रालिको विदेशी मुद्रा खाताबाट ‘इनवार्ड चेक पेमेन्ट’मार्फत आर्थिक वर्ष २०६८/०६९ मा ४० हजार र आव २०७१/०७२ को चैतसम्म छ लाख ९३ हजार नौ सय ८३.५७ समेत गरी अमेरिकी डलर सात लाख ३३ हजार नौ सय ८३.५७ भुक्तानी भएकोमा सोसम्बन्धी रकम कसलाई भुक्तानी भएको हो ? एकीन नभएको ।’
aआर्थिक दैनिकमा खबर छ । राष्ट्र बैंकले गरेको अनुसन्धानबाट होटलका कार्यकारी अध्यक्ष राणालाई तोकिएभन्दा बढी होटल तथा खाना खर्चबापत अमेरिकी डलर भुक्तानी गरिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘हिमालयन बैंकले पटक–पटक गरी उक्त होटल डेला अन्नपूर्ण प्रालिका कार्यकारी अध्यक्ष कपिल शमशेर जबरालगायतका व्यक्तिहरुलाई सटही सुविधाबापत आव २०६८/०६९, आव २०६९/०७०, आव २०७०/०७१, २०७१/०७२ को चैतसम्म क्रमशः २०६ दिन, १९९ दिन, १९३ दिन र २१० दिन तोकिएभन्दा बढी दैनिक होटल तथा खाना खर्चबापत अमेरिकी डलर भुक्तानी गरेको छ ।’ राष्ट्र बैंकका अनुसार निर्यात तथा पर्यटन क्षेत्रको आर्जनबाट परिवत्र्य विदेशी मुद्रा खाता भएका निकायहरुलाई आफ्नो व्यापार प्रवद्र्धनको सिलसिलामा कुनै पदाधिकारीलाई तालिम, गोष्ठी, बैठक आदि विषयमा भारतबाहेकको विदेश भ्रमणमा पठाउनुपरेमा सात लाखभन्दा माथि अमेरिकी डलरबराबरको विदेशी मुद्रा आर्जन गर्ने निकायलाई बढीमा एक आर्थिक वर्षमा ९० दिनसम्मको लागि अधिकतम दैनिक भ्रमण खर्च अमेरिकी डलर ६५० र मनोरञ्जन, भईपरी तथा अतिथि सत्कार खर्च अमेरिकी डलर दुई हजारसम्मको सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था रहेको छ ।
त्यस्तै, राष्ट्र बैंकका अनुसार हिमालयन बैंकले होटल अन्नपूर्णका कार्यकारी अध्यक्ष कपिल शमशेर जबरा, सृजना राणा, पारस शमशेर जबरा, जगमग बस्न्यात, दोर्जी शेर्पा र उपाउँल मुजुम्दारलाई सटही सुविधा प्रदान गरेको देखिएको छ । विदेशी मुद्रा खाता खोल्न ग्राह्य निकायका पदाधिकारीलाई मात्र त्यस्तो सटही सुविधा प्रदान गर्नसकिने व्यवस्था रहेकोमा पदाधिकारीबाहेकका व्यक्तिहरुलाई समेत त्यस्तो सुविधा प्रदान गरिएको छ । यसमा हिमालयन बैंकको नेतृत्वको ठूलो बदनियत देखिन्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: