×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पढेलेखेका मानिसको अपत्यारिलो तलब छ अरबमा, तर किन जाँदैनन् नेपाली ?

काठमाडौं – ‘नेपालमा पढाइ सकियो, अव कहाँ जाने ?’ नेपालमा कुनै विषयमा बिज्ञता हासिल गरेरै जागिरका लागि विदेश जान खोज्ने अधिकांश शैक्षिक जनशक्तिको मनमा खेल्ने प्रश्न हो यो । र धेरै जसोले छान्ने देश, अष्ट्रेलिया, क्यानाडा, जापान वा अन्य युरोपियन राष्ट्रहरु हुन् ।
पढेलेखका मानिसहरु खाडी जाँदैनन् वा खाडी मुलुकमा अवसर छैन भन्ने भ्रम धेरैसँग छ । तर, यथार्थ यो भन्दा फरक छ । खाडी मुलुकहरु मध्येको एक युनाइटेड अरब ईमिरेट्स (युएई) मा शैक्षिक जनशक्तिले पाउने तलब लोभलाग्दो मात्र छैन कतिपय पेसाका शैक्षिक जनशक्तिको तलब त अपत्यारिलो नै छ ।
पढेलेखेका जनशक्तिको माग एकातर्फ बढिरहेको र उनीहरुलाई दिईने तलब निकै राम्रो हुँदाहुँदै पनि युएईतर्फ जाने शैक्षिक नेपाली जनशक्तिको संख्या निकै नै कम छ ।
विशेषगरी मजदुरीका लागि नेपालबाट उल्लेखनीय कामदार जाने मुलुक हो युनाइटेड अरब ईमिरेट्स । प्लम्बर, कार्पेन्टर, इलेक्ट्रीसियन, डकर्मी, ज्यामीजस्ता काम गर्न बर्षेनी राम्रो संख्यामा नेपालीहरु अरब जाने गरेका छन् । यिनीहरुको औसत तलब नेपाली २५००० देखि ८०,००० सम्म हुनेगर्छ । विशेषगरी होटल लाइनमा काम गर्ने बारटेन्डर, वेटर, कुकको तलब ३० हजार देखि डेढ लाख नेपाली रुपैयाँसम्म हुने गर्छ ।
अरबमा शैक्षिक जनशक्तिको तलब कति ?
युनाइटेड अरब ईमिरेट्समा शैक्षिक जनशक्तिको तलब लोभलाग्दो छ । विभिन्न देशमा कुन जनशक्तिको तलब कति हुन्छ भन्ने तथ्यांक विगत लामो समयदेखि बटुलीरहेको अमेरिकी कम्पनी पे स्केल इन्कर्पोरेशन’ का अनुसार युनाइटेड अरब ईमिरेट्समा डाक्टर, इन्जिनियर, होटल मेनेजमेन्ट पढेका व्यवस्थापक, र एकाउन्टेन्टहरुको तलब निकै राम्रो छ ।
उक्त कम्पनीका अनुसार युनाइटेड अरब ईमिरेट्समा मेकानिकल इन्जिनियरको बार्षिक तलब ३५८७० दिराम अर्थात् हालको विनिमयदर २९.६१ रुपैयाँले हिसाव गर्दा बार्षिक १० लाख ६१ हजार ९.७२ देखि ३५१७६८ दिराम अर्थात १०४१ ४४९८.४२ रुपैयाँ हुन्छ ।
त्यस्तै सिभिल इन्जिनियरको तलब ४२१६६ दिराम देखि ३०६५४५ दिरामसम्म हुनेगर्छ भने कम्प्युटर इन्जिनियरको तलब ३१३९४ दिराम देखि २३९५०९ दिरामसम्म हुने गरेको छ । यसैगरी डाक्टरको बार्षिक तलब ७०८४० दिराम देखि ६१३८३९ दिरामसम्म हुने गर्छ ।
चार्टड एकाउन्टेन्ट (सीए) को बार्षिक तलब १६ लाख नेपाली रुपैयाँसम्म छ भने एसीसीएको बार्षिक तलब १४ लाख नेपाली रुपैयाँ हाराहारीमा छ । अरबमा सामान्य एकाउन्टेन्टको तलब पनि निकै राम्रो छ । ‘ट्याली’ जस्ता एकाउन्टिङ सफ्टवेरको ज्ञान भएकाहरुले अरबमा बार्षिक ८ लाख नेपाली रुपैयाँसम्म कमाउँछन् । यता होटल मेनेजमेन्टमा कम्तीमा स्नातक पढेर गएकाहरुलाई पनि अरबमा कमाइ निकै राम्रो छ ।
होटल मेनेजमेन्ट पढेर गएकाहरुलाई मासिक ७० हजार देखि २ लाखसम्म तलब दिईने गरिन्छ । फोटो ग्राफरको तलब पनि अरबमा निकै नै राम्रो छ । पेस्केल इन्कर्पोरेशनका अनुसार अरबमा फोटोग्राफरको बार्षिक तलब ३६४९२ दिरामदेखि २१०८६१ दिरामसम्म छ । अरबी मिडियामा काम गर्ने प्राविधिकहरुको कमाइ पनि मासिक ८० हजार भन्दा बढी छ ।
ग्राफिक्स डिजाइनिङनै पढेका प्रेसमा काम गर्ने ग्राफिक्स डिजाइनरको तलब पनि मासिक एक लाख नेपाली रुपैयाँ भन्दा बढी छ ।
तर शैक्षिक जनशक्ति किन जाँदैन अरब ?
राम्रो तलब सुबिधा हुँदाहुँदै पनि अरब जाने नेपाली शैक्षिक जनशक्तिको संख्या निकै नै कम छ । यसबारे विभिन्न व्यक्तिको विभिन्न तर्क छ । अरबमा नेपाली कामदार पठाउने म्यानपावर कम्पनीहरु आफ्नो कम्पनीमा शैक्षिक जनशक्तिको खासै माग नहुने बताउँछन् ।
काठमाडौँस्थित एक म्यानपावर कम्पनीका संचालक भन्छन्, ‘एकातर्फ नेपालका म्यानपावरलाई शैक्षिक जनशक्तिको माग कम हुने गर्दछ । अर्को तर्फ शैक्षिक जनशक्ति पठाउँदा आर्थिक हिसावले हामीलाई फाइदा पनि हुँदैन ।’
उनी अगाडी थप्छन्, ‘अर्कोतर्फ शैक्षिक जनाहक्तिले इमेल इन्टरनेटको माध्यमबाट रोजगारदाता कम्पनीसँग आफैं ‘डिल’ गर्छन् । जसका कारणले युएईमा शैक्षिक जनशक्तिको माग, र तिनीहरुलाई दिईने तलब सुबिधा पनि राम्रो छ भन्ने नै धेरैलाई थाहा छैन ।’
उता हाल दुबईमा कार्यरत एक चार्टड एकाउन्टेन्ट भन्छन्, ‘दुबईमा तलब सुबिधा निकै राम्रो छ । तर खाडी भन्ने बित्तिकै दुःख पाउने ठाउँ भन्ने भ्रम समाजमा रहेकाले अरब शैक्षिक जनशक्तिको रोजाईमा पर्दैन ।’ उनका अनुसार पहिला अन्यत्रै मुलुक गएपछी दुबई आउने नेपाली जनशक्तिहरु पनि छन् ।
‘अरबको मौसम, समाजमा रहेको अरब प्रतिको भ्रम र यहाँको तलब सुविधा बारे जानकारी नहुनुले शैशिक जनशक्ति नेपालबाट अरब आउंदैनन्,’ युएईमा कार्यरत सिभिल इन्जिनियर रोशन बस्नेतले भने।
शैक्षिक नेपाली जनशक्तिको माग उच्च
अरबी कम्पनी ‘आर्डेन बि’ मा कार्यरत रविन्द्र महासेठ भन्छन् , ‘अरब भनेकै ज्याला मजदुरी गर्न आउने ठाउँहो भन्ने भ्रम नेपालमा छ । पढे लेखेकालाई झन् राम्रो तलब सुबिधा छ भन्ने थाहा नहुँदा वा अमेरिका, क्यानाडा लगायतका देशहरुमा जाने नेपाली परम्पराका कारण पनि शैक्षिक जनशक्ति अरब आउंदैनन् ।’
उनी अगाडी भन्छन्, ‘यहाँका कम्पनीहरुमा पनि नेपाली जनशक्तिको माग निकै राम्रो हुन्छ । नेपालका म्यान पावर कम्पनीहरुले मजदुरलाइ मात्र पठाउने हुनाले इन्टरनेटमा महँगो शुल्कमा बिज्ञापन गरेर समेत विभिन्न देशका शैक्षिक जनशक्तिको माग गरिएको हुन्छ । तर नेपालबाट त्यसका लागि आवेदन दिनेहरुको संख्या निकै नै कम छ । ’

अरब जाने शैक्षिक जनशक्ति के भन्छन् ?
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै गुल्मीका सन्तोष घिमिरे भन्छन्, ‘युएईमा कमाइ निकै नै राम्रो छ । तलब बाहेक गाडी र बस्नको सुबिधा समेत पाइएको छ ।’यता एक कन्स्ट्रक्सन कम्पनीमा काम गरिरहेका सिभिल इन्जिनियर रमेश महतो भन्छन्, ‘म झन्डै २ बर्ष नेपालमै काम गरेर युएई आएको हुँ । यहाँको सबै व्यवस्था राम्रो छ । कमाइ र अन्य सुबिधा पनि राम्रो छ । तर इन्जिनियर भएर पनि दुबई गयो भनेर खिल्ली उडाउनेहरु पनि छन् ।’

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: