×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आर्यताराको सेयर कारोबार सेवा अब बुटवलमा

  • अर्थ सरोकार सम्बाददाता 

नियामक निकाय धितोपत्र बोर्डको पूँजी बजार विकेन्द्रीकरण नीति अनुसार आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटीज प्रालिले आइतबारदेखि आफ्नो सेवा बुटवलमा बिस्तार गरेको छ । सेयर बजारको पहुँचलाई देशब्यापी बनाउने सरकारको रणनीति अनुसार आफुहरुले बुटवलमा सेवा बिस्तार गरेको संचालक रामचन्द्र भट्टराईले बताए । 
५७ नम्बर ब्रोकरको रुपमा काठमाडौंको अनामनगरबाट सेवा दिदै आइरहेको आर्यतारा इन्भेस्टमेन्टले आफ्नो रिमोट वर्क स्टेशन बुटवलको ट्राफिकचोकमा संचालनमा ल्याएपछी त्यस क्षेत्रमा रहेको पूँजी सेयर बजारमा आउने विश्वास प्रबन्ध निर्देशक गुणानिधि भुसालको छ । बुटवलबाटपनि सेयर कारोबार सुरु भएपछी  त्यहाँका लगानीकर्तामा उत्साह छाएको छ । 
आर्यतारा इन्भेस्टमेन्ट बुटवलमा फुल-फेजको सेयर कारोवार सेवा प्रदान गर्ने पहिलो सेयर दलाल भएको छ । त्यस्तै आइतबारनै नेपालगन्ज, नारायणगढ बिराटनगर ,बिर्तामोड र बनेपाबाट पनि विभिन्न सेयर दलाल कम्पनीले सेयर कारोबार सुरु गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: