×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जागे जनता : ‘कालोबजारी गर्ने हुन्डाईको गाडी फिर्ता गर्छौं, लक्ष्मी इन्टरकन्टिनेन्टरविरुद्ध मुद्धा हाल्छौं’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – हुन्डाईले विभिन्न मोडलका गाडीहरुमा व्यापक कालोबजारी गरेको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि आफु ठगिएको महसुस भएको भन्दै केहि गाडी खरिदकर्ता तथा कानुन व्यवसायीको पहलमा एक समूहले  हुन्डाईको गाडीमा कालोबजारी गर्ने  लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालि का विरुद्ध कानुनी उपचार खोज्ने भएको छ । शुक्रबार विहान ११ बजे काठमाडौँ, नयाँ बानेश्वरको एक रेष्टुरेन्टमा बसेको उक्त गाडी खरिदकर्ता र कानुन व्यवसायीहरुको बैठकले कालोबजारी गर्ने उक्त कम्पनीविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको हो ।
लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालि विरुद्ध यस्तो छ तयारी
लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालिले हुन्डाईको गाडीमा ठगी गरेको भन्दै कानुन व्यवसायी सहितको टोलीले कम्पनी विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गर्ने भएको हो । ‘हामी जिल्ला अदालतमा मुद्धा दायर गर्दैछौं भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आन्तरिक राजश्व विभाग, सम्पत्ति सुद्धिकरण आयोग लगायतका ठाउँहरुमा उक्त कम्पनीविरुद्ध उजुरी गर्दैछौं ।’ लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालिका विरुद्ध मुद्धा दायर गर्न लागेका एक कानुन व्यवसायीले अर्थ सरोकार डटकमसंग भने ।
‘अर्थ सरोकार डटकमसहितका केहि मिडियाले यस विषयमा कुरा उठाईदिएपछि हामीलाई सजीलो भएको छ । नेपालको कानुन अनुसार कुनैपनि सामानमा २०% भन्दा बढी नाफा खान नपाइने स्पष्ट व्यवस्था हुँदाहुँदैपनि उक्त कम्पनीले गरेको कालो कर्तुत उसले नसच्याएका कारण  हामी कानुनी उपचारमा जान लागेका हौँ ।’ उनी अगाडी भन्छन्, ‘सबैतिर बाट एकै पटक प्रयास गर्दैछौं । उक्त कम्पनीमात्र होइन यहि प्रकृतिको काम गर्ने अन्य कम्पनीहरु पनि कानुनी दायरामा आउन जरुरी छ । हामीले सुरु लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालिबाट गर्ने भएका छौं । विस्तारै अन्य कम्पनीले पनि यस्तो काम नसच्याए उनीहरु विरुद्ध पनि उजुरी गर्छौं ।           
‘आफ्नै गाडी’, कतिका लागि आवश्यकता र धेरै नेपालीहरुको सपना हो यो । कतिपय पेशामा आवद्दहरुका लागि गाडी चढ्नु सोखभन्दा पनि आवश्यकता हुन थालेको छ । त्यसैले त गाडी किन्नकै  लागि ऋण लिनेको संख्या पछिल्ला वर्षहरुमा ह्वात्तै बढ्यो । अहिले नेपाल राष्ट्र बैंककै नीतिले गाडीका लागि दिइने कर्जामा केहि कडाइ गरेपनि यसभन्दा अघि भएको नाडा अटो शोमा खरबौं रुपैयाँको गाडी खरिद विक्री भयो । 
यसो त गाडी किन्दा मोटो रकम खर्च गर्नुपर्ने हुनाले ग्राहकहरु केहि रकममा खासै वास्ता गर्दैनन् । तर नेपालमा चलेका गाडीहरुमध्ये पछिल्लो समय ‘हुन्डाई’ को गाडीमा अत्याधिक लुट रहेको फेला परेको छ । उक्त कम्पनीका गाडी बेच्ने लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालि नामको कम्पनीले जनतालाई त ठगीरहेको छ नै, देशको विद्यमान कानुन नमानेर समेत दादागिरी देखाईरहेको छ ।    
गाडी किन्दा कम्पनीले पाउने स्वाभाविक नाफाभन्दा बढी रकम असुलेर लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालिले लुटधन्दा चलाईरहेको छ भने ग्राहकले विनासित्ति मोटो रकम अनाहकमा बुझाइरहेको तथ्य स-प्रमाण अर्थ अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि हुन्डाईको गाडी किनेकाहरु यसरी जागेका हुन् ।  
गाडी फिर्ता गर्न समेत पहल गरिने 
‘मैले लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालिको बुटवलस्थित शोरुमबाट हुन्डाईको गाडी किनेको थिएँ । अर्थ सरोकारको समाचार पढेपछि आफ्नो त्यत्रो पैसा अनाहकमा डुबेको महसुस गरेको छु । म गाडी फिर्ता गर्छु ।’ बुटवल स्वरमबाट गाडी किनेका एक ग्राहकले अर्थ सरोकार डटकमसंग भने । यता काठमाडौँका रमेश बिकले पनि आफ्नो साथीले उक्त गाडी किनेको र १० लाख फसेको जानकारी गराएपछि उनका साथीले गाडी फिर्ता गर्ने प्रक्रिया अगाडी बढाउन लागेको अर्थ सरोकार डटकमसँग भने । यता एकातर्फ गाडी फिर्ता गर्ने लहर चल्नु र उता सबै सरकारी निकायमा मुद्धा पर्ने देखिएपछि लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालि राम्रै चेपुवामा पर्ने देखिन्छ ।
   
यस्तो छ लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालिको लुट कथा !
लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालिले हुन्डाईलको गाडी बेच्दा नेपालको प्रचलित ऐन विपरित काम गरेको खबर अर्थ सरोकार डटकमले प्रस्तुत गरेको थियो । हुन्डाईका २० वटा मोडलका गाडीहरुमानै लक्ष्मीले यस्तो लुट मच्चाउने गरेको तथ्यसहित को समाचार अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो । कम्पनीले १९७६१०८ रुपैयाँमा खरिद गर्ने Grand Asta O (Petrol) गाडी ३०५६०००मा बेच्ने गरेको छ । यो भनेको विक्रिमा ५४.६६ प्रतिशत नाफा हो । यस्तै कम्पनीले Eon Delite (petrol) १०८९४४० रुपैयाँमा खरिद गर्छ भने १६५६००० मा विक्री गर्छ । यो भनेको विक्रिमा ५२ प्रतिशत नाफा हो ।  
यस्तै ११६३८९२ रुपैयाँमा कम्पनीले खरिद गर्ने Eon Delite (petrol)+ मोडलको गाडी कम्पनीले १७५६००० अर्थात झन्डै ५१ प्रतिशत नाफा खाएर बेच्ने गरेको छ । यस्तै कम्पनीले Eon Era + (Petrol) मोडलको गाडी १२५६१११मा किनेर १८९६००० अर्थात  ४९ प्रतिशत नाफा खाएर बेच्ने गरेको छ । यस्तै 120 Active SX (Diesel) मोडलको गाडी ३१०६२१९ रुपैयाँमा किनेर कम्पनीले ४५५६००० अर्थात ४७ प्रतिशत नाफा खाएर बेच्ने गरेको छ ।     
यता Creta मोडलका हरेकजसो मोडलमा कम्पनीले लुट मच्चाउने गरेको छ । कम्पनीले Creta 1.6 Base(petrol) २८३३७९८ रुपैयाँमा किनेर ४१५६००० मा बेच्ने गरेको छ । यो भनेको नाफामा उसले ४७ प्रतिशत नाफा लिने गरेको छ । यस्तै Creta १.६ SX (O) (Diesel) मोडलको गाडी कम्पनीले ४१८९१०० रुपैयाँमा किनेर ६०९६००० रुपैयाँमा बेच्ने गरेको छ । यो भनेको नाफामा झन्डै ४६ प्रतिशत हो । यस्तै Creta १.६(S) (Petrol) मोडलको गाडी ३१४२३०४ रुपैयाँमा खरिद गरेर कम्पनीले झन्डै ४५ प्रतिशत नाफा खाएर बेच्ने गरेको छ । 
यस्तै कम्पनीले Creta १.४ Base (Diesel) मोडलको गाडी ३१७४९६७ मा किनेर ४५५६००० रुपैयाँमा बेची झन्डै ४४ प्रतिशत नाफा खाने गरेको छ । यस्तै कम्पनीले Creta १.६ SX + A/T (Diesel) ४३५७८८३ मा किनेर ६१५६००० अर्थात ४१.२६ प्रतिशत नाफा खाने गरेको छ । यस्तै कम्पनीले Creta SX+ (Diesel) मोडलको कार ४१८९१०१ रुपैयाँमा किनेर ५७५६००० रुपैयाँमा बेच्ने गरेको छ । यो भनेको नाफामा झन्डै ३७.४० प्रतिशत हो ।
यस्तै Creta का  अन्य केही मोडलहरुमा पनि कम्पनीले लुट मच्चाएको छ । ती गाडीहरुमा कम्पनीले ३० देखि ४० प्रतिशतको हाराहारीमा नाफा कुम्ल्याउने गरेका छन् । यद्यपी कम्पनीले टक्सन जिएलएस एटी हाइ ट्रिम, टक्सन जिएलएस एटी लो ट्रिम र टक्सन जिएलएस एमटी लो ट्रिम मोडलको गाडी विक्री गर्दा भने नियम अनुसार नै गरेको छ । यी गाडीहरुमा उसले ज्यादा नाफा राखेको छैन ।
अझै सम्पर्कमा आएन कम्पनी !
यसबारे हामीले यसरी लुट मच्चाउने कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालिमा हामीले पुन : बुझ्ने प्रयास गरेका थियौं । यस कम्पनीका मालिक निराकार श्रेष्ठ अझै सम्पर्कमा आउन चाहेका छैनन् ।

अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: