×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् विश्वका पाँच धनी माग्ने, कसको कमाइ कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ चैत्र २०७३, आईतवार

PRIME CA
laxmi sunrise bank

यी हुन् विश्वका पाँच धनी माग्ने, कसको कमाइ कति ?

  • एजेन्सी 
‘माग्ने ! कति नै कमाउला र माग्नेले ?’ हामी प्रायले : यहि सोच्छौं होला । तर विश्वमा यस्ता माग्नेहरूपनि छन्, जसले घर, गाडी समेत किनेका छन् । हेरौं  विश्वका चर्चित ५ धनी मग्नेबारे अचम्मको कथा :

भरत जैन

भरत जैन विश्वका सबैभन्दा धनी माग्ने मानिन्छन् । ४९ वर्षे जैन २० वर्षदेखि माग्ने पेशा अँगाल्दै आइरहेका छन् । ८–१० घन्टा सडकमा हात पसारेर माग्ने जैनले महिनामा ४ हजारदेखि ८ हजारसम्म अमेरिकी डलर कमाइ गर्ने गरेका छन् । मागेरै आर्जन गरेको रकमबाट उनले मुम्बईको बिलासी महलमा २ वटा फ्ल्याट किनेका छन् । ५ लाख अमेरिकी डलर सम्पत्ति भएका जैनसँग एउटा घर र बिलासि कार छ । उनी विश्वको पहिलो धनी माग्नेका रुपमा चिनिन्छन् ।
कृष्ण कुमार
भारतको रेड लाइट एरियामा १५ वर्ष यतादेखि माग्ने काम गर्दै आइरहेका कृष्ण कुमार विश्वको दोस्रो धनी माग्नेमा पर्छन् । भारतको महँगो शहरका रुपमा लिइने मुम्बईमा घर भएका कुमारले मासिक २५०० अमेरिकी डलर मागेरै कमाउने गरेका छन् । भारतका चर्चित बैंकहरुमा खाता खोलेका कुमारले मनग्ये बचत मात्र गरेका छैनन्, मागेरै घर, गाडीजस्ता बिलासिताका सम्पत्ति समेत जोडेका छन् । उनी विश्वका दोस्रो धनी माग्नेमा गनिन्छन् ।
सर्भतिया देवी
सर्भतिया देवी भारतकी चर्चित महिला माग्ने हुन् । पटनाकी यी माग्ने महिलासँग २ वटा सुविधा सम्पन्न फ्ल्याट, एउटा घर कार क्रेडिट कार्ड र बैंक एकाउन्टमा राम्रो बचत समेत छ । जीवन बीमा समेत गरेकी उनले वार्षिक ३६ हजार भारतीय रुपैयाँ इन्सुरेन्स कम्पनीलाई बुझाउँछिन् । उनी विश्वको तेस्रो धनी माग्नेमा पर्छिन् ।

सभ्भाजी काले
सम्भाजी काले विश्वका चौथो धनी माग्नेमा पर्छन् । २० वर्ष अघिदेखि माग्ने पेशा सुरु गरेका कालेले मागेरै एउटा फ्ल्याट, २ वटा घर, जग्गाजमिन र बैंकमा समेत बचत गर्न सफल भएका छन् ।

लक्ष्मी दोस

लक्ष्मी दोसले भारतको पुरानो व्यापारिक सहर कोलकाताबाट सन् १९६४ बाट माग्न सुरु गरेकी हुन् । पोलियोबाट ग्रस्त उनले आफ्नो जीवन माग्नमै व्यतीत गर्दै आइरहेकी छन् र यही पेशाबाट उनको जीवनमा परिवर्तन पनि आएको छ । ५० वर्षअघिबाट माग्न सुरु गरेकी उनले भारतका गनिने ठूला बैंकहरुमा खाता खोलेकी छन् । रोचक के छ भने उनको नाममा भारतीय बैंकहरुले क्रेडिट कार्डसमेत दिने गरेका छन् । उनी कमाइको हिसाबले विश्वको पाचौं धनी माग्नेमा पर्छिन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: