×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जन्मदिन मनाउने फरक शैली : वृद्धवृद्धालाई बिस्कुट, अनाथ बालबालिकालाई म:म !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – जन्मदिन मनाउने आ-आफ्नै तरिका हुन्छन् । मन्दिर गएर भगवानको दर्शन गर्नु, अनाथ बालबालिका वा वृद्धवृद्धालाई खाना खुवाउँनु वा अन्य कुनै सामाजिक काम गर्नु पछिल्लो समय ट्रेन्डजस्तै बनिसकेको छ । यसरी जन्मदिन मनाउँदा धर्म हुन्छ भन्ने विश्वास एकातर्फ छ भने अर्कोतर्फ जन्मदिनको दिन सामाजिक काम गर्नुलाई आत्मसन्तुष्टिसँग पनि जोडेर हेर्ने गरिन्छ । तर कोटेश्वर निवासी कुमार भण्डारीले भने फरक तरिकाले जन्मदिन मनाएका छन् । शैली नयाँ नभएपनि बालबालिकालाई खुवाउने आइटमको च्वाइस भने गज्जबको थियो । 

वृद्धवृद्धालाई कमलो बिस्कुट, बालबालिकालाई म:म !
हो, बालबालिकाले पछिल्लो समय निकै मन पराउने गरेको खानेकुरा ‘म:म’ खुवाएर उनले जन्मदिन मनाएका छन् । काठमाडौँ बाल मन्दिरका अनाथ बालबालिकालाई मीठो म:मको स्वाद चखाएर उनले फरक खालको खुसी बाढ्ने प्रयास गरेका छन् । ‘अहिले बच्चाहरु म:म भनेपछि हुरुक्कै हुन्छन् । त्यसैले बालबालिकालाई म:मनै खुवाउने भन्ने निर्णय गरियो । वृद्धवृद्धालाई भने बिस्कुट खुवाईयो ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने ।
२०३४ साल चैत्र ४ गते रामेछापमा जन्मिएका भण्डारी अहिले कोटेश्वरका बासिन्दा हुन् । सानैदेखि संघर्षशील जीवन बिताएका उनी हाल रेष्टुरेन्ट व्यवसायमा आवद्ध छन् । नेपाली पूँजीबजारमा समेत लगानी गरेका भण्डारी नेपाली सञ्चार क्षेत्रमा पनि संलग्न छन् । 

समाजसेवामा ठूलो रुची :
२०५० सालमा एसएलसी दिएका भण्डारीले भन्छन्, ‘समाजसेवामा बढीनै रुची छ । यसअघि पनि विभिन्न मठ-मन्दिर बनाउनका लागि सकेको सहयोग गरेको थिएँ । आफु पढेको स्कुल बनाउनका लागि होस् वा कोटेश्वर महादेवस्थानमा बनेको किरियापुत्री भवन बनाउन सकेको सहयोग गर्न मन लाग्छ । आफुपनि संघर्ष गरेर आजको दिनसम्म आएकाले बच्चाहरुको बढी माया लाग्छ ।’ उनका अनुसार अनाथ बालबालिकालाई सबैभन्दा मीठो लाग्ने चिज म:म नै भएकाले अनाथ बालबालिकालाई म:म खुवाइएको हो ।
आफ्नै रेष्टुरेन्टमा धेरैको रोजाई म:म भएपछी
‘म आफैं पनि रेष्टुरेन्ट व्यवसायी । रेष्टुरेन्टमा बढी बिक्ने भनेकै म:म, पिज्जा, चाउमिन लगायतका आइटम बढी बिक्छन् । बच्चाहरुको रोजाई प्राय म:म नै हुन्छ । अनाथ आश्रममा कम खुवाइने तर बच्चाहरुले निकै रुचाउने भएकाले मम खुवाएको हुँ ।’ उनले भने । एसएलसी पछी दाइ अर्जुन भण्डारीको क्याफेमा काम गरेर काठमाडौँमा आफ्नो करियर अगाडी बढाएका उनले २०५४ सालमा आइकम पास गरेका थिए । ‘सानैदेखि संघर्ष गरें  उ बेलाको दुख सम्झंदा अहिलेपनि अचम्म लागेर आउंछ । अहिले सकेको समाजसेवा गर्न मन लाग्छ ।’ उनले थपे ।    

समाजसेवामा लागिरहन्छु : भण्डारी 
यसैबीच फरक तरिकाले आफ्नो जन्मदिन मनाएका भण्डारीले आफु समाजसेवामा लागिरहने बताएका छन् । ‘अहिलेको समयमा रेष्टुरेन्ट व्यवसायमा छु । सेयर बजारमा पनि दखल राख्छु । मिडियामा पनि इन्ट्रेष्ट छ । तर जहाँ जे गरेपनि समाजसेवा गर्न भने छोड्दिन ।’ भण्डारी अगाडी भन्छन्, ‘सानो हुँदा आफुले गरेको संघर्ष सम्झंदा सकेको सबैलाई सहयोग गर्न मन लाग्छ । जन्मदिन कसरी मनाउने भन्नेबारे सोचिरहेको थिएँ । रेष्टुरेन्टमा बच्चाहरुले मीठो मानेर मम खाएको देखेपछी मैले पनि आफ्नो जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई मम खुवाउने निर्णय गरें ।’

कुमार भण्डारीलाई हाम्रो पनि अर्थ सरोकार डटकमका तर्फबाटपनि हार्दिक शुभकामना !    
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: