×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बजारमा अढाई अर्वको कारोबार हुँदा साना लगानीकर्ताले सेयर किन्नै पाएनन् !

  • डी. आर नेपाल 
पछिल्लो समय सेयर बजारमा उछाल आएको छ । बुधबारको बजारमा केहि करेक्सन भएपनि बजार उकालो गतिमै छ । लामो समयदेखि निराश भएका लगानीकर्तामा नयाँ उल्लाश छाएको छ । कारोबार रकम ह्वात्तै बढेको छ । बुधबार धेरैपछी ठुलो रकमको कारोबार भयो । बुधबार कारोबारमा आएका १४९ कम्पनीको ५० लाख ३३ हजार कित्ता सेयर खरिद बिक्रिबाट २ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर कारोबारमा तिब्र उतारचढाव देखिएपनि बजारमा लगानीकर्ताहरु धेरै हदसम्म सुरक्षित ठानीरहेका छन् आफुलाई। बुधबारको कारोबार हेर्ने हो भने पनि बजारको संकेत सकारात्कमनै छ । तर सेयर बजारमा धेरै पछी आएको यो ‘दशैं’ ठुला लगानीकर्ताहरुलाई मात्र दशैं भएको छ । बुधबार २ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार हुँदा समेत साना लगानीकर्ताहरुले न सेयर किन्न पाए, न बेच्न नै !

प्रतिनिधि केहि घटना 
कोटेश्वर बस्ने श्रीधर पौडेल सिभिल बैंकको थोरै सेयर उठाउने मनस्थितिमा बुधबार ब्रोकर अफिस पुगे । तर ब्रोकरमा ठुला लगानीकर्ताको सेयर कारोबारको चाप यति ठुलो थियो कि, उनले सेयर उठाउन पाएनन् । प्रभु बैंकको सेयर किन्न भनेर गएका बानेश्वरका सचिन जोशी हुन् वा सानीमा बैंकको सेयर किन्न ब्रोकर अफिस पुगेका किरण पौडेल । कसैले पनि सेयर किन्न पाएनन् । सेयर किन्न नपाउने एक मात्र कारण थियो, ‘उनीहरु साना लगानीकर्ता थिए । थोरै पैसा थियो । र ब्रोकरलाई सानाको खास मतलव भएन ।
५० करोड कारोबार हुँदा र अढाई अर्व कारोबार हुँदा ब्रोकरको संख्या एउटै हुनु विडम्बना !
बिडम्बनानै भन्नुपर्छ, ५० करोड कारोबार हुँदापनि र अढाई अर्वको कारोबार हुँदा पनि ब्रोकरको संख्या उत्तिनै छ । यस्तो परिस्थितिमा न ब्रोकरलाई साना लगानीकर्ताहरुको पछी लागेर फाइदा छ न कारोबार गर्ने साना लगानीकर्ताहरुलाई न्याय भएको छ । साना लगानीकर्ताको लगानी गर्न पाउने अधिकार समेत हनन भएको छ । बुधबारको बजारले अव सेयर ब्रोकरको संख्या कुनै पनि हालतमा बढ्नुपर्छ भन्ने तथ्य घाम जस्तै छर्लंग बनाइदिएको छ ।
ब्रोकरहरुको यो हदसम्मको दादागिरी :
यसबारे बुझ्न हामीले ब्रोकरहरुलाई सम्पर्क गर्ने प्रयास गरेका थियौं । सुरुमा हामीसँग बोल्न राम्रै तम्सिएका केहि ब्रोकरहरुले, ‘साना लगानीकर्ताहरुले त सेयर किन्न पनि पाएनन् र बेच्न पनि पाएनन् नि !’ भन्ने प्रश्न गर्दा कहिले केहि समयमा फोन गर्छु भन्दै फोन राखे कहिले फोन नै नसुनिएको नाटक गरे । पुतलीसडकमा कार्यलय भएको एक ब्रोकरले भने ब्रोकरको संख्या कम भएको र ब्रोकरहरुको दादागिरी बढेको भन्ने स्वीकारे । ‘तपाईंले मेरो नाम ‘कोट’ गर्नुभयो भने मलाइ साथीहरुलेनै अफ्ट्यारोमा पार्छन् । तर ब्रोकरहरु नपुगेकोपनि सत्य हो । ब्रोकरहरुको दादागिरी बढेको पनि सत्य हो । ब्रोकर भएर हेर्ने हो भने ठुला लगानीकर्तालाइ ‘प्रायोरिटी’ दिनु वाध्यता हो । साना लगानीकर्ताहरुको लगानी गर्ने अधिकार हनन भएको पक्कै हो ।’ उनले आफ्नो नाम उल्लेख नगर्न अनुरोध गर्दै भने ।
अनुशासनहिन बन्न थाले ब्रोकरहरु 
सेयर ब्रोकरहरुलाई केहि नियम लगाइएको हुन्छ । तर नियमको धज्जी उडाउदै कारोबार स्थलमा ब्रोकर कार्यालयमा एमडी ठुला लगानीकर्ताहरुलाइ उपदेश दिनेदेखि चाप्लुसी गर्न समेत पछी परेको देखिदैन ।अधिकांस ब्रोकर अफिसमा ब्रोकर र अफिसका एमडीहरुको दादागिरीले सीमा नाघ्न थालेको छ । अधिकांसले धीतोपत्र बोर्ड र नेप्से आफ्नै खल्तीमा भएझैं व्यवहार गरिरहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: