×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मनहरीमा खुलेआम ढुंगा, गिट्टीको तस्करी, समाचार संकलनका लागि पुगेका अर्थसरोकारकर्मीमाथि हातपातको प्रयास !

  • प्रनिश थापा / अर्थ सरोकार डटकम 
मकवानपुर – मकवानपुर एक मनहरीमा दिनदहाडै अबैध ढुंगा , गिट्टी , बालुवाको उत्खनन हुने गरेको पाइएको छ । यतिसम्म कि इलाका प्रहरी कार्यालय मनहरीको एक सय मिटर नजिकै खुलेआम रूपमा ठेकेदारहरुले एक्साभेटर , ट्रक , ट्याक्टर , ट्रीपर लगाइ उत्खनन गर्ने गरेको भए पनि कसैले यस बारे ध्यान दिएका छैनन् । सुरक्षाको जिम्मेवारी पाएकै प्रहरी प्रशासन लाचार हुँदा स्थानीय आक्रोसित भएका छन् । 
मकवानपुर मा भएको ढुंगा , गिट्टी, निकासीको बारे खबर पाए लगत्तै सोमबार राती अर्थ सरोकारकर्मी प्रनिश थापा मकवानपुर पुगेका थिए । थापा राती करिब अन्दाजी सात बजे त्यहाँ पुग्दा करिब सात दर्जनभन्दा बढी सवारीसाधनले खुलेआम ढुंगा, गिट्टीको निकासी गर्ने गरेको भेटिएको थियो । स्थानीयवासीकै सूचनालाई आधार मान्ने हो भने त्यहाँ सधैं दिउँसोको बाह्र बजेदेखि नै यस्तो गतिविधि हुने गरेको छ । 
एक स्थानीयले आफ्नु नाम नबताउने सर्तमा भन्छन् : हामीले पटकपटक प्रशासनलाई ध्यानाकर्षण गराए पनि खासै सम्बोधन नहुने गरेको बताए । उनलेे थपे , प्रहरी संगै सेटिङ हुँदो रहेछ , प्रहरीकै संरक्षण भएपछि कसरी नहोस् त खुलेआम निकासी ? स्थानीयले यस्तो आरोप लगाइरहदा हामीले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रबक्ता बामदेव गौतमलाई समेत राती नै सम्पर्क गरेका थियौं । 
कार्यालयमै पुगी उनी सित जवाफ माग्दा उनलेे स्थानीयले लगाएको आरोपको खण्डन् समेत गरेका थिए । उनी भन्छन् : अबैध ढुंगा गिट्टीको उत्खनन भएको बारे हामीले हेर्ने होईन , त्यो जिल्ला बिकास समितिले हेर्ने हो । हामीले नियन्त्रणमा लिए पनि अन्तर्त : सबैलाई जिल्ला बिकास समितिमा प्रेषित गर्ने बताउदै डिएसपी गौतमले भने, हामीले बेला बेलामा अनुगमन गरेका छौँ भन्दै यस बिषयमा अन्य जानकारी लिनुपरे जिल्ला बिकास समितीलाई सम्पर्क गर्न आग्रह गर्दै उनी आफ्नु दायित्वबाट पन्छिन खोजेका थिए ।
समाचार संकलनमा अवरोध 
सोमबार राती मकवानपुरको मनहरीमा भएको अबैध ढुंगा , गिट्टी उत्खननको खबर संकलन गर्न पुगेका अर्थ सरोकार डटकमका सम्बाददाता प्रनिश थापालाइ त्यहाँ का ठेकेदारहरुले खबर संकलनमा अबरोध पुर्‍याउदै दुब्यबहार गरेका हुन् । उनलेे प्रशासन लाई भने पनिकसैलाई आफुले नछुने समेत प्रष्ट्राए थिए । हाम्रो प्रहरीसंगै सेटिङ हुन्छ तपाईंहरुले समाचार हाले पनि हाल्नुस् हामीलाई यसले केही फरक पार्दैन भन्दै उनीहरुले हाम्रो क्यामेरा खोस्ने प्रयास समेत गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: