×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डिएसपीको हर्कत : युवतीको जिन्दगीमा यस्तो खेलवाड !

काठमाडौं । शान्ति सुरक्षा अमनचयन कायम गर्न खटिने प्रहरी नै आफ्नो पद र बर्दीको दुरूप्रयोग गरेर समाजमा कलंक भएर निस्किएपछि जनताले ति प्रहरीबाट के अपेक्षा गर्न सक्छन् । र ति प्रहरीले सर्बसाधारणलाई कसरी सुरक्षा र न्यायको प्रत्याभूती दिलाउन सक्छ ।
७० हजारको फौजमा यदाकता भेटिने यस्ता केही कलंकको कारण बेला बेलामा राज्यको जिम्मेवार निकाय प्रहरी संगठन बदनाम बन्न पुगेको छ । प्रसङ्ग हो, महानगरीय प्रहरीका एक डीएसपीको । हाल महानगरीय प्रहरी कीर्तिपुर वृत्त प्रमुख रहेका डीएसपी मेखबहादुर क्षत्रीले एक युवतीलाई विभिन्न प्रलोभनमा पारी आफ्नो मायाजालमा फसाएर उनको जिन्दगीमाथि खेलवाड गरेका छन् । 
बिहे गर्ने प्रलोभनमा पारेर ती युवतीसँग ‘लिभिङ टुगेदर’ बस्दै आएका डीएसपी खत्रीले अहिले एक सभासद्सँग सम्बन्ध बढाएपछि ती युवतीको सम्बन्ध टुट्न पुगेको हो । डीएसपीको नियतमा शंका लागेपछि ती युवतीले आफुलाई तत्काल बिहे गर्न प्रस्ताव राखेकी थिइन् । तर, डीएसपी खत्रीले युवतीको प्रस्ताव अस्वीकार गर्दै बिहे गर्न नसक्ने बरु ४÷५ लाख दिएर रखैल बनाएर राख्ने बताएपछि बिरक्तिएकि युवती न्याय खोज्दै गत साता महानगरीय प्रहरी परिसर पुगेकी थिइन् । समाजसेवामा सक्रिय रहेकी ति युवती कुनै बेला पत्रकारितासमेत गर्थीन् । 
विवाहित रहेका डीएसपी खत्रीको यस्तो हर्कत देखेपछि परिसर प्रमुख एसएसपी छबिलाल जोशीले तत्काल परिसरका एसपी प्रद्युम्न कार्कीलाई यसबारेमा बुझ्न आदेश दिएका थिए । डीएसपी खत्रीलाई परिसरमा झिकाएर छलफल गरेतापनि ति पिडीत बनेकी युवतीलाई न्याय भने नपाएको परिसर स्रोत बताउँछ ।  जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: