×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एसइइ परिक्षा आजबाट सुरु, २८ केन्द्रबाट ९ बोरा चिट बरामद

  • अर्थ सरोकार सम्बाददाता 

महोतरी – आज बिहिबारदेखि सुरु भएको एसइइको परीक्षामा देशभरका विभिन्न स्कुलहरुमा बोराका बोरा चिट भेटिएको छ । परिक्षा हलमा पुगेका प्रहरी र शिक्षकको टोलीले चिट बरामद गरेको हो ।


यता महोतरीमा भने रमाइलो घटना घरेको छ । कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा चलिरहँदा महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै प्रहरी र शिक्षकहरुले यस्तो बताएका हुन् ।

कुल २८ वटा परीक्षा केन्द्रबाट ९ बोरा चिट बरामद गरिएको हो । परीक्षा केन्द्रको मूल गेटमा खटिएका प्रहरी र शिक्षक टोलीले गरेको संयुक्त चेक जाँचमा विद्यार्थीबाट नौ बोरा गाइड, पुस्तक तथा फ्लेप बरामद भएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: