×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघमा यो हदसम्मको भाँडभैलो !

नेपाल उद्योग वाणिज्य महासंघको आउँदो २८ गते सुरु हुने साधारणसभाले अप्रजातान्त्रिक तरिकाबाट अध्यक्ष पद हस्तान्तरण गर्नुका साथै गत कात्तिक ४ गते सम्पन्न महासंघको विशेष साधारणसभाले पारित गरेको विधानअनुसार बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचित गर्नेछ र त्यसका लागि समूहगत रुपमा उम्मेदवारी घोषणा पनि भइसकेको छ ।
नयाँ विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ । यसअघि सुरज वैद्य महासंघको अध्यक्ष हुँदा वरिष्ठ उपाध्यक्ष रहेका भाष्करराज राजकर्णिकारलाई स्वतः अध्यक्ष बनाउन यो विधानको गर्भाधान भएको थियो । तर, त्यतिबेला त्यसरी विधान संशोधन हुनसकेन । महासंघको अध्यक्षमा प्रदीपजंग पाण्डेसँगको प्रतिस्पर्धामा राजकर्णिकार पराजित भए ।
तर, पाण्डेले पुरानो अभियोगका कारण जेल जानुप¥यो र उनको पद गया । त्यसपछि भएको विशेष साधारणसभाले वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकालाई अध्यक्ष चुन्यो । पाण्डे हटेपछि राजकर्णिकारले अध्यक्ष पदमा मुख मिठ्याएका थिए तर उनकै टिमबाट उपाध्यक्ष बनेका मुरारकालाई आफ्नो विश्वासमा लिएर पूर्वअध्यक्ष चण्डीराज ढकालले महासंघको अध्यक्ष बनाएर भाष्करलाई पाखामात्र लगाएनन् कि भाष्करलाई स्वतः अध्यक्ष बनाउन वैद्यले अघि सारेको प्रस्ताव अघि बढाएर भवानी राणालाई स्वतः अध्यक्ष हुने गरी विधान संशोधन पनि गराए । 
त्यसरी विधान संशोधन भएपछि चुनाव हुने वरिष्ठ उपाध्यक्ष पदमा ढकालले आफ्नो पक्षबाट शेखर गोल्छालाई अघि सारेका छन् । उनका विरुद्ध किशोर प्रधानले उम्मेदवारी दिने घोषणा गरेका छन् । पछिल्लो समय ढकाल र कुशकुमार जोशीबीचको सम्बन्ध बिग्रिएपछि किशोर प्रधान अर्को पक्षको उम्मेदवार हुने भएका हुन् । अन्यथा
उनी पनि ढकालकै पछि–पछि लागेर महासंघको उपाध्यक्ष बनेका हुन् । चुनाव हारेका किशोर प्रधानलाई  मनोनीत गरेर महासंघको केन्द्रीय सदस्यमा ढकालले नै तानेका थिए ।
ढकालले आफ्नो समूहबाट एसोसिएट्स उपाध्यक्षमा चन्द्र ढकाललाई अघि सारेका छन्, सो पदमा हाइड्रोविदबाट हाइड्रोसिलजस्तो बन्दै गएका ज्ञानेन्द्रलाल प्रधानले पनि दाबी गरेका थिए । उनी अहिले आत्मसमर्पण गरेर कोषाध्यक्ष पदमा चुनाव लड्न सहमत भएका छन् ।
एसोसिएट्स उपाध्यक्ष पदमा दुवैको दाबी थियो । त्यही पदका लागि उनीहरुबीच गत पुस २२ गते लहानमा भएको महासंघको कार्यकारिणी समितिको १७औं बैठकमा ‘तँ–तँ म–म’ समेत भएको थियो । ढकाल र प्रधानबीच झण्डै हात हालाहाल भएको थियो । पछि त्यो झगडा सरेर अध्यक्ष पशुपति मुरारका र पूर्वअध्यक्ष चण्डीराज ढकालसम्म पुगेको थियो । 
उनीहरुबीच पनि पाखुरा सुर्कासुर्की भएको थियो । त्यो झगडामा चण्डीराज ढकाल चन्द्र ढकालका पक्षमा थिए भने अध्यक्ष मुरारका ज्ञानेन्द्रलालको पक्षमा थिए । मुरारका र ज्ञानेन्द्रलाल एकाध व्यवसायमा साझेदार पनि हुन् । 
तर चण्डीराज ढकालचाहिँ चन्द्र ढकालको साझेदार वा नातेदार केही होइनन् । आफ्नो उद्योगधन्दा बन्द भए पनि महासंघको चुनावलाई नै उद्योग धन्दाका रुपमा उपयोग गरेर दिन कटाउँदै आएका चण्डीराज ढकाल धन भएका व्यक्तिलाई नेतृत्वमा पु¥याउन सहयोग लिने–दिने क्याम्पेनरको रुपमा आफ्नो छवि बनाउन सफल भएका छन् । लहान बैठकमा अध्यक्ष मुरारकाले १२ वटा एसोसिएट्सलाई नयाँ सदस्यता दिने र ५७ वटाको सदस्यता खारेज गर्ने प्रस्ताव पेस गरेका थिए । 
त्यो प्रस्ताव उनले आफ्ना साझेदार ज्ञानेन्द्रलाललाई चुनाव जिताउनका लागि गरेका थिए । उनले प्रस्ताव गरेपछि ढकाल र प्रधानबीच भनाभन भएको थियो । सो बैठकमा महानिर्देशकको प्रतिवेदन समिति, फोरम परिषद्को प्रतिवेदन, सदस्यता तथा विविध विषयमा छलफल भएको थियो । 
बैठकमा महासंघको पूर्वअध्यक्षमध्ये चण्डीराज ढकालमात्र उपस्थित थिए । बैठकमा झण्डै हात हालाहाल हुँदा वरिष्ठ उपाध्यक्ष भवानी राणा र महानिर्देशक मीना श्रेष्ठ ट्वाँ परेका थिए । बैठकको अरु एजेण्डा सजिलै पारित भए पनि सदस्यताबारे विवाद भएको थियो । 
बैठकले महासंघको नयाँ विधानले व्यवस्था गरेका सबै प्रक्रिया पूरा गरिआएका १२ विभिन्न उद्योग प्रतिष्ठानहरुलाई एसोसिएट सदस्यता दिने निर्णय गरेको थियो भने सदस्यहरुको नाम परिवर्तन र केहीको सदस्ता खारेज गर्ने निर्णयसमेत बैठकले गरेको थियो । 
बैठकले अल्ट्रा सोलार इनर्जी एण्ड स्टिल इन्जिनियरिङ प्रा.लि. भ्यू होटल सिद्धार्थ प्रा.लि., भाटभटेनी फर्निचर एण्ड मोर प्रा.लि., काठमाडौं स्टिल प्रा.लि., भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा.लि., नयाँ आयाम मल्टिडिसिप्लेनरी इन्स्टिच्युट लि., टुरिज्म डेभलपमेन्ट बंक लि., हेरिटेज फेसन, रिलायन्स सिमेन्ट प्रा.लि., यति पोलिमेक प्रा.लि., रिलायन्स सुपरटेक सिमेन्ट प्रा.लि. र रोयल काठमाडौं हिमालय वेभरेज प्रा.लि.लाई नयाँ सदस्यता दिने निर्णय गरेको थियो ।
त्यसैगरी नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, स्पाइस नेपाल (प्रा.) लि., एनसेल प्रा.लि. र एलिट क्यापिटल ग्लोबल आईएमई क्यापिटल लि.मा रुपान्तरित भएका छन् भने एशोसिएट सदस्यहरु माता मनकामना डेभलपर्स प्रा.लि., चितवन मिल्क लि., एस.बि. ट्रेडिङ कम्पनी लि. र जेनिथ ट्राभल्स प्रा.लि.को सदस्यता खारेज गर्ने निर्णय बैठकले गरेको थियो । 
त्यसरी खारेज गर्नुपर्नेको संख्या ५७ थियो र यही विषयमा विवाद भएको थियो । कर छलेको घटना बाहिर नआउँदासम्मका लागि ज्ञानेन्द्रलाल गत पुस २२ गतेसम्म आइपुग्दा बेइज्जतीको शिखरमा पुगिसकेका थिए र त्यही मौका छोपेर चन्द्र ढकालले उनीमाथि निर्मम प्रहार गरेका थिए । 
अन्ततः ढकालले उनलाई पछारेरै छाडे । अहिले ज्ञानेन्द्रलाल ढकालकै मुनि कोषाध्यक्षमा बस्न राजी भएका छन् । एसोसिएट्स उपाध्यक्षमा अर्को खेमाबाट सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् । ज्ञानेन्द्रलाल कोषाध्यक्षमा बसेपछि सो समूहलाई पूर्वअध्यक्ष चण्डीराज ढकाल, रविभक्त श्रेष्ठ, वर्तमान अध्यक्ष पशुपति 
मुरारका र अब स्वतः अध्यक्ष हुने भवानी राणाको समर्थन रहेको छ । 
यो समूहविरुद्धको समूहलाई पूर्वअध्यक्षहरु सुरज वैद्य, कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ, पदम ज्योति, महेशलाल प्रधान, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ तथा महासंघबाट पाखा परेका भाष्करराज राजकर्णिकाको समर्थन रहेको छ । रैथाने बाहुन क्षेत्री, नेवार भारतीयमूलका मारवाडी र थकाली समूह गरी चारखाले नेपाली उद्यमीहरुमध्ये नेवा समुदाय अहिले छुट्टै मोर्चाबन्दीमा लागेको छ ।
यसअघि मारवाडी समुदायले यसैगरी मोर्चाबन्दी गर्दै जाँदा पूर्वअध्यक्ष विनोद चौधरीले महासंघबाट विद्रोह गरी नेपाल उद्योग परिसंघ सीएनआई गठन गरेका थिए । अहिले नेवार समुदायले गरेको मोर्चाबन्दी पनि पारपाचुकेकै अवस्थामा पुग्ने हो कि भन्ने आशंका गर्न थालिएको छ । अहिलेको चुनावी समीकरणमा पूर्वअध्यक्षमध्ये चौधरी र पाण्डे कतै पनि देखिएका छैनन् । तर, भएभरका पूर्वअध्यक्षहरु एकैतिर हुँदा पनि एक्लो चण्डीराज ढकाल सबैका लागि भारी साबित भएका छन् । 
उनको समूहबाट जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठलाई उम्मेदवार बनाइएको छ भने वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । उनी पुष्पलाल सहानाका छोरा हुन् । कुशकुमार सुरज वैद्यको समूहबाट जिल्ला नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । उनी म्याग्दीको बेनी नगरपालिकामा एमालेका तर्फबाट मेयर बन्नलागेका व्यक्ति हुन् । 
वस्तुगत उपाध्यक्षमा शंकर पाण्डेलाई अघिसारेपछि अन्जन श्रेष्ठले कोषाध्यक्ष पदमा चुनाव नउठ्ने संकेत गरेका छन् । केही समय अघिसम्म ढकालको अघिपछि हिँड्ने अन्जन श्रेष्ठले समूहबाट टिकट नपाएपछि विपक्षी समूहमा प्रवेश गरेका थिए । तर त्यहाँ पनि चाहेको पदमा टिकट नपाएपछि उनी असन्तुष्ट बनेका हुन् । चण्डी ढकालको विपक्षी भएर चुनाव लड्दा नजितिने निष्कर्ष निकालेर बलियो मानिएका एसोसिएट्स उपाध्यक्षका उम्मेदवार सौरभ ज्योतिले पनि चन्द्र ढकालसँग चुनाव लड्न खुट्टा कमाइरहेका  छन् ।
सुरज वैद्य अमेरिकी एजेन्सीका लागि काम गर्छन् । उनी एकताका रानी ऐश्वर्यको छत्रछायामा बसेर काम गर्ने गर्थे । उनले चीनमा हेर्न अर्को एजेण्ट खडा गरेका छन् । उनले त्यो शक्तिकेन्द्रलाई देखाउन महासंघमा उपस्थिति देखाएका हुन् । कुशकुमार जोशी महासंघलाई मागिखाने भाँडो बनाउन हिँडेका व्यक्ति हुन् । उनले सुरुङमार्गका नाममा त्यस्तै हर्कत देखाए । १० लाख रुपैयाँको सेयर हालेर मासिक पाँच लाख रुपैयाँ तलब खाए,
छोरीलाई मासिक एक लाख रुपैयाँ तलब दिएर राखे, २७ करोड रुपैयाँ खर्च गरे सात करोड रुपैयाँ घोटाला गरे भन्ने समाचार प्रकाशमा आएको छ तर उनी चुपचाप बसेका छन् ।
त्यसको खण्डन गर्नसकेका छैनन् । आफ्नो जेठानलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार नबनाएपछि उनले चण्डीराज ढकाललाई घुक्र्याएर खेमा परिवर्तन गरेका हुन् । महासंघका अर्का पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठको पनि ढकालको विरुद्ध अर्थात् नेवार मोर्चामा छन् । यसअघिको चुनावमा उनीहरु दुवै जना सुरज वैद्यले अघि सारेको उम्मेदवार भाष्करराज राजकर्णिकारको विरुद्धमा थिए । 
तर, अहिले उनीहरु एउटै मोर्चामा देखिएका छन् । विनोदबहादुर श्रेष्ठको व्यापारभन्दा पनि सुराकी गर्ने व्यापारी हुन् । उनी खासगरी एमालेका लागि काम गर्ने गर्दछन् । उनको कारण उतिबेला राजा ज्ञानेन्द्र, गिरिजाप्रसाद कोइराला र माधव नेपालबीचको पूर्वनिर्धारित त्रिपक्षीय वार्ता अकस्मात् बिथोलिएको थियो । त्यसो त कुशकुमार पनि माओवादीको एउटा हाँगोसँग जोडिएका छन् । 
महासंघको सदस्य हुन कुनै राजनीतिक दलको सदस्य हुन नपाइने व्यवस्था भए पनि पूर्वअध्यक्ष चण्डीराज ढकाललाई व्यापारीहरुभित्र कांग्रेसी कुत्ता भन्ने गरिन्छ । अर्का पूर्वअध्यक्ष पद्मज्योति पनि माओवादी बनिसकेका छन् । स्वयं आनन्दराज मुल्मी दरबारले पत्याएका तर सांसद् पनि हुन नभ्याएका व्यक्ति हुन् । महासंघमा उनले जसलाई समर्थन ग¥यो, उसले हार्ने परम्परा बनिसकेका कुरा उनकै समूहका अन्य सदस्यहरु नकार्न सक्दैनन् ।
केही व्यापारीले उद्यमी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघलाई आफ्नो स्वार्थसिद्ध
गर्ने माध्यम बनाउँदै आएका छन् । नक्कली भ्याटबिल प्रयोग गर्ने आरोप लागेकादेखि फौजदारी अभियोग लागेका व्यक्तिसमेत सबैको आँखा छलेर महासंघको नेतृत्वमा पुग्ने गरेका छन् । महासंघको चुनावको चिफ म्यानेजर भनेर चिनिएका र धन भएका उम्मेदवार छानेर चुनावी क्याम्पेन गर्दै हिँड्ने चण्डीराज ढकालले महासंघको धाक र पूर्वअध्यक्षको रवाफ देखाएर २०६४ सालदेखि बन्द भएको उद्योगको कर्जाको किस्ता तिरेका छैनन् । विनोदबहादुर मुख छोपेर हिँड्नथालेका छन् । प्रदीपकुमारको कुरो अर्कै छ । 
आफ्नो गल्ती ढाकछोप गर्ने आफ्नो समस्या सल्ट्याउने, स्वार्थी व्यक्तिहरुको महासंघमा बाहुल्य छ । केही समयअघि अर्थ मन्त्रालयमा भएको राजस्वसम्बन्धी बैठकमा महासंघका अध्यक्ष पशुपति मुरारकाले आफ्ना साझेदार ज्ञानेन्द्रलाल प्रधानले राजस्व छलेको समाचार आर्थिक दैनिकले प्रकाशित गरेको विषयमा त्यस्तो सूचना ‘लिक’ गर्ने कर्मचारीलाई कारबाही गर्न माग गरे । राजस्व छल्नु हुँदैन, तिराउनुपर्छ भनेनन् । त्यही समाचार छापिएको समयमा ज्ञानेन्द्रलालले मलाई समर्थन गर्छु भनेको छ, समाचार रोकिदिनुप¥यो भनेर स्वयं
भाष्करराज राजकर्णिकारले आर्थिकका सम्पादकलाई फोन गरेको कुरा सार्वजनिक भइसकेको छ ।
आर्थिकु दैनिक अन्त्यमा लेख्छ, सुपारी तस्करी गर्नेको लगानी पनि महासंघको नेतृत्वलाई छ । सुन तस्करी गर्नेहरु पनि महासंघको नेतृत्व वरिपरि नै छन् । तर, महासंघमा व्यावसायिक मुद्दा उठाउनेको संख्या कमी छ । व्यावसायिक मुद्दाको स्वर कमजोर छ । महासंघभित्र ठेक्का छ, सिण्डिकेट छ, आफ्नो दुनो सोझाउने र फाइदा उठाउनेको महासंघमा पकड बलियो छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: