×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लोकसेवा पास हुने तरिका : कसरी पढ्ने समसामयिक घटना ?

काठमाडौँ – सरकारी जागिर आजका दिनमा निकै प्रतिष्ठित मानिन्छा । सम्मान र सुरक्षाका दृष्टिकोणले पनि निकै राम्रो मानिएको सरकारी जागिर खानका लागि उतिर्ण गर्नुपर्ने लोकसेवा परिक्षा समेत बर्षेनि हजारौंको संख्यामा विद्यार्थीहरुले दिइरहेका हुन्छन् । तर नपढेर भन्दापनि पढ्न नजानेर धेरै विद्यार्थीहरु अनुतिर्ण हुने गरेका छन् ।
   
लोकसेवा आयोगको विभिन्न तहको परीक्षामा प्रश्न तथ्यात्मक कम र अवधारणात्मक  प्रश्न बढी हुँदै गएको छ । समसामयिक घटनाका बारे अपडेट जानकारी बढी सोधिन थालिएको छ ।  केहि बर्षअघिका प्रश्नपत्रहरु हेर्ने हो भने पनि सामान्य अध्ययनअन्तर्गत समसामयिक घटनाप्रति अपडेट भएमात्र सफलता हाँसिल गर्न सकिन्छ भन्ने कुरा स्पष्ट पारेको छ  । यसका लागि कुनैपनि समसामयिक घटनामा अपडेट हुन जरुरी छ । कसरी हुने त अपडेट ? के के कुरामा ध्यान दिने त लोकसेवाको परिक्षा तयारी गर्दा ? कसरी पढ्ने त समसामयिक घटना ? 
समग्र दृष्टिकोणको विकास
‘समसामयिक विषयको कुनै पनि घटनालाई केवल तथ्यात्मक वा एउटा सूचनाका रूपमा हेर्नु हुँदैन, त्यसका लागि एउटा समग्र दृष्टिकोण आवश्यक छ ।’ लर्नवीथकेपी डटकमका अनुसार कुनै पनि घटनाको एउटा पृष्ठभूमि हुन्छ जसबाट अवगत नभै त्यसको वर्तमान स्थिति बुझ्न सकिँदैन । अर्को कुरा, घटनाको विविध आयामलाई जानेर नै त्यसको मूल्यांकन गर्न सकिन्छ । उदाहरणका लागि नेपाल विश्वको जलस्रोतको दोस्रो धनी देश हो, तर यहाँका बासिन्दा अहिले चर्को लोडसेडिङको मार खेपिरहेका छन् । 
त्यसैले नेपालको विकासको मूल्यांकन गर्दा प्राकृतिक स्रोत-साधनको कुरा गरेर मात्र हुँदैन, अपितु: त्यसमा निहित विभिन्न विरोधाभास तथा असंगतिहरूलाई हेर्नु पनि आवश्यक हुन्छ । समसामयिक घटना र मुद्दासँग सम्बन्धित जानकारी प्रारम्भिक परीक्षा, मुख्य परीक्षा तथा अन्तर्वार्ता तीनवटैका लागि समान रूपले उपयोगी छन् । प्रारम्भिक परीक्षामा समसामयिक विषयवस्तुमा आधारित प्रश्न ३०-३५ प्रतिशत हुन्छन् जसको स्वरूप तथ्यांत्मक तथा अवधारणात्मक दुवै हुन्छन् । 
कतिपय अवस्थामा कुनै घटनाबाट नभै त्यसको पृष्ठभूमिबाट पनि प्रश्न सोधिन्छ । मुख्य परीक्षामा यो खण्डबाट लगभग ४० प्रतिशत प्रश्न सोधिन्छ । यी प्रश्न केही जटिल प्रकारका हुन्छन् जसले विश्लेषणात्मक जवाफको खोजी गर्छ । समसामयिक घटनासम्बन्धी तयारीमा सम्बन्धित जानकारी जुटाउन तथा त्यसको अध्ययनसँग सम्बन्धित दुई प्रकारका समस्या छन् । 
पहिलो यसको क्षेत्र धेरै विस्तृत र व्यापक छ । यसअन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिदृश्यसँग सम्बन्धित समस्त जानकारी समाहित गरिएका छन् जसको तथ्यात्मक एवं विश्लेषणात्मक दुवै पक्षलाई ध्यानमा राख्नुपर्छ । 
दोस्रो समस्या, समसामयिक घटनाको प्रामाणिक तथा सन्तुलित स्रोतको छ । भनिन्छ, समसामयिक घटनाका लागि कुनै एउटा समाचारमाध्यम पर्याप्त छ यद्यपि कुनै पनि समाचारमाध्यममा प्रकाशित हुने आलेख लेखकको व्यक्तिगत विचार तथा विचाराधारासँग सम्बन्धित हुनसक्छ । 
अत: त्यसका आधारमा आफ्नो दृष्टिकोण बनाउनु एकपक्षीय वा एकांकी हुनसक्छ । वास्तवमा समसामयिक घटनासँग सम्बन्धित विविध तथा छरिएर रहेका जानकारी संकलित गर्नु र त्यसलाई विश्लेषण गरेर एउटा सन्तुलित निष्कर्ष निकाल्नुपर्ने यो खण्डको तयारीका लागि एउटा समग्र र सन्तुलित रणनीति बनाउनुपर्छ एवं त्यसैअनुसार समसामयिक घटनाको न केवल अध्ययन गर्नुपर्छ अपितु: त्यसमा परिचर्चा पनि चलाउनुपर्छ, जसले गर्दा विभिन्न घटनाप्रति सुस्पष्ट दृष्टिकोण विकसित हुन सकोस् ।

कसरी पढ्ने समसामयिक घटना ?
समसामयिक घटना तथा मुद्दाको व्यापकतालाई मध्यनजर गर्दै यसको तयारीका लागि एउटा वैज्ञानिक तरिका विकसित गर्न सकिन्छ जसअन्तर्गत निम्नलिखित तथ्यलाई ध्यानमा राख्नु आवश्यक छ ।
१. समसामयिक घटनाप्रति आफ्नो अभिरुचि विकसित गर्ने प्रयास गर्नुपर्छ । प्रत्येक दिन कुनै स्तरीय राष्ट्रिय समाचारपत्र पढ्ने अथवा टेलिभिजनमा समाचार हेर्ने बानी बसाल्नुपर्छ ।
२. राष्ट्रिय-अन्तर्राष्ट्रिय घटनालाई वर्गीकृत गरेर अध्ययन गर्नुपर्छ । उक्त घटनाअन्तर्गत विभिन्न राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक एवं खेलकुद आदिसँग सम्बन्धित जानकारीलाई व्यवस्थित गरेर हेर्नुपर्छ ।
३. कुनै पनि घटनाको तथ्यात्मक तथा अवधारणात्मक पक्ष बुझ्ने प्रयास गर्नुपर्छ ।
४. कुनै पनि घटनालाई त्यसको बहुआयामिक परिप्रेक्ष्यमा हेर्नुपर्छ । घटनाको सकारात्मक र नकारात्मक पक्षका साथसाथै राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं भौगोलिक पक्ष पनि बुझ्नुपर्छ ।
५. समसामयिक विषयका लागि सधैं प्रमाणित स्रोतलाई आधार बनाउनुपर्छ ।
६. समसामयिक घटनासँग सम्बन्धित प्रश्न कतिपय अवस्थामा मानचित्रमा पनि आधारित हुन्छन् । अत: कुनै घटना र त्यससँग सम्बन्धित भौगोलिक पक्षको अध्ययन पनि अनिवार्य हुन्छन् ।
समसामयिक विषयको वर्गीकरण
समसामयिक विषयको तयारीका लागि विविध विषयलाई अलग-अलग खण्डमा विभाजित गरेर त्यसको अध्ययन गर्नुपर्छ ।

१. राष्ट्रिय महत्त्वको विषय
– सरकारको नीति तथा त्यसका विभिन्न क्रियाकलाप
– न्याय व्यवस्था तथा न्यायालयको महत्त्वपूर्ण निर्णय
– राष्ट्रिय योजना आयोग
– विविध विषयसँग सम्बन्धित समिति तथा आयोगहरूको प्रतिवेदन
– क्षेत्रीय तथा स्थानीय गतिविधि
– चर्चित व्यक्तित्व

२. अन्तर्राष्ट्रिय महत्त्वको विषय
– नेपाल र विश्व तथा नेपालको विदेश नीति
– संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संगठन तथा एजेन्सी
– विभिन्न देशका अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र सम्मेलन
– सार्क गतिविधि
– अन्य वैश्विक सामाजिक-सांस्कृतिक गतिविधि
३. आर्थिक महत्त्वको विषय
– राष्ट्रिय बजेटको विविध पक्ष तथा त्यसका सामाजिक आर्थिक प्रभाव
– मुद्रा तथा बैंकिङसँग सम्बन्धित नीति- नियम एवं सुधार
– व्यापार तथा वाणिज्यसम्बन्धी सरकारी नीति
– विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा अन्य आर्थिक मञ्चका सम्मेलन
– अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन एवं गतिविधि
४. सामाजिक महत्त्वको विषय
– श्रम कानुन तथा सुधार, रोजगारी र गरिबी
– खाद्य सुरक्षा, मानव विकास, शिक्षा-संस्कृति, मिडिया, सामुदायिक विकास
– वैश्विक भ्रष्टाचार प्रतिवेदन, मानव विकास सूचकांक आदि ।
५. विज्ञान तथा प्रविधि
– सूचना प्रविधि, जैविक प्रविधि एवं अन्तरिक्ष विज्ञान
– विभिन्न अन्वेषण तथा आविष्कार
– स्वास्थ्य र पोषण, कृषि तथा उद्योग
६. पर्यावरणीय महत्त्वको विषय
– प्राकृतिक संरचना र विपद् व्यवस्थापन
– वन तथा जीव संरक्षण र पर्यावरणीय तथा पारिस्थितिकी सुरक्षा
– पर्यावरणसँग सम्बन्धित राष्ट्रिय-अन्तर्राष्ट्रिय कानुन, सम्मेलन तथा सम्झौता आदि। 
७. खेलकुद
– प्रमुख खेल आयोजन, पुरस्कार
८. विविध
– शब्द संक्षेप, चर्चित पुस्तक, व्यक्तित्व तथा चर्चित स्थल
– प्रमुख दिवस र वर्ष, महोत्सव
– प्रमुख अभियान, शिक्षा-संस्कृति, दुर्घटना तथा अन्य महत्त्वपूर्ण तथ्य

यो पनि पढ्नुहोस् :

लोकसेवाको तयारी गर्दैहुनुहुन्छ ? हेर्नुहोस्, टपरले कसरी पढ्दा रहेछन्…!


आर्थिक बर्ष २०७३ / ७४ मा लोक सेवा आयोगको कुन परिक्षा कहिले हुँदैछ ?(तालिका सहित)


लोकसेवा पास हुने तरिका : कसरी पढ्ने समसामयिक घटना ?


सिएको परिक्षामा इतिहास रचेका विद्यार्थी प्रणवको टिप्स : ‘घोकेर होइन बुझेर पढौं’


परिक्षाको तयारी गर्दै हुनुहुन्छ ? यसरी पढे आउँछ बढी अंक !


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: