×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुनावप्रति आशंका नगर्नुहोस् : प्रधानमन्त्री प्रचण्ड

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावका विषयमा आशंका नगर्न आग्रह गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको पार्टी संसदीय दलको बैठकमा प्रचण्डले चुनाव जुनसुकै हालतमा निर्धारित मितिमै हुने दाबी गरे । अवसरवादीले मात्र चुनाव हुँदैन कि भन्ने आशंका पाल्ने गरेको उनको भनाइ थियो । सिङ्गो देश चुनावमा जुटिसकेको भन्दै उनले यसलाई सफल बनाउनेतर्फ केन्द्रित हुन सांसदहरुलाई निर्देशन दिए । 
प्रधानमन्त्रीले मधेसी र जनजातिका मुद्दा सम्बोधन गर्न सरकार गम्भीर रुपमा लागिरहेको जानकारी गराए । सीमाङ्कनलाई केन्द्र र प्रदेशको चुनावअघि टुंगो लगाउने गरी अहिले अन्य विषयमा संविधान संशोधन गरेर जान पहल भइरहेको उनको भनाइ थियो । बैठकमा प्रधानमन्त्रीले आफ्नो आसन्न चीन भ्रमण पनि जानकारी गराए । भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउने उनको विश्वास थियो ।
 भ्रमणका क्रममा नयाँ समझदारी बनाउन उच्चस्तरमा महत्वपूर्ण छलफल हुने जानकारी प्रधानमन्त्रीले गराएका छन्। बोहाओ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड आगामी बिहीबार चीन जाँदैछन् । भ्रमणका क्रममा बेइजिङ पुगेर चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: