×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रकाशको लोभीपापी मन !

काठमाडौं । सरकारले जयबहादुर चन्दलाई आइजीपीमा नियुक्त भएपछि खुशी मनाउदै आएका प्रकाश अर्याल अहिले अदालतको शरणमा पुगेका छन् । तत्कालिन प्रहरी महानीरिक्षक उपेन्द्रकान्त अर्यालको डिजाइनमा डिआइजी नवराज सिलवाललाई आइजीपी हुनबाट रोक्न सफल भएका प्रकाश अर्याल समूह आइतबार अचानक सर्वोच्च अदालतको ढोकामा रिट निवेदन लिएर पुगे । 
सिलवाललाई आइजीपी हुनबाट रोक्न जयबहादुर चन्दकै निर्देशन र तत्कालिन आइजीपी उपेन्द्रकान्त अर्यालको सल्लाह बमोजिम उनी सर्वोच्चमा पुगेका हुन् । सर्वोच्च अदालतले पाँच सदस्यीय पूर्ण इजलाश गठन गरेर सिलवाल र चन्दको कार्यसम्पादन मूल्यांकनलाई हेर्दे सिलवालको पक्षमा फैसला गर्ने निश्चित भएपछि त्यसलाई पनि अलमल्याउन उनी योग्यतमा मापनको नयाँ फण्डा लिएर सर्वोच्च गएको स्रोतले जनाएको छ । सरकारले चन्दलाई आईजीपी बनाएको एक महिना पश्चात प्रहरी महानिरीक्षकका लागि आफनो योग्यता पनि मूल्यांकन गरियोस् भन्दै आइतबार अर्याल रिट बोकेर अदालत पुगेका हुन् । 
तर अर्यालको रिट अदालतले पहिलो दिन दर्ता गर्न अस्वीकार गरेको छ । त्यसको कारण के हो भने यतिन्जेल उनी कहाँ बसेका थिए । उनले पनि सिलवालसँगै रिट दर्ता गर्न सक्थे । तर त्यसो गरेनन् । चन्द आइजीपी भएपछि आफू राम्रो ठाउ लिएर तर मार्न पाइन्छ भन्ने आशमा वसेका थिए । अदालतबाट उनले अपेक्षा गरेजस्तो फैसला नआउने देखेपछि चन्दकै निर्देशनमा जसरी पनि सिलवाललाई आइजीपी हुनबाट रोक्न यो हर्कत गरेको उनी नजिकका प्रहरीले बताएका छन् । 
सरकारले तेस्रो वरियतामा रहेका जयवहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि उनको नियुक्तिमा प्रश्न उठाउँदै सर्वोच्चमा मुद्दा परेको थियो । अर्का डिआइजी नवराज सिलवालले वरिष्ठता मिचेर नियुक्त गरिएको भन्दै सरकारलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट हालेका थिए । आफूभन्दा पछिल्लो अर्थात तेस्रो नम्बरलाई नियुक्ति गर्दा चुप लागेर यतिन्जेल बसेका प्रकाश अर्याललाई अरूले रिट दायर गरेको एक महिनापछि मात्रै होसमा आएका छन् । 
तेस्रो नम्बरमा रहेका चन्द आइजीपी भैसक्दा पनि चुपचाप लागेर ट्राफिक महाशाखामा बसेर बस व्याबसायीहरूसँग बार्गेनिङ गरेका अर्यालले एक महिनापछि मात्रै आफूलाई अन्याय भएको जिकिर गर्दै सर्वोच्च पुगेका छन् । चन्दको नियुक्तिमा मुद्दा परेपछि सर्वोच्चले कार्य सम्पादन मूल्यांकन फाइल माग गरेको थियो । उनले पनि सिलवालसँगै रिट हालेका भए एकै पटक हेर्ने अवस्था आउने थियो । 
तर उनी अहिले आफ्नो योग्यता भन्दा पनि मुद्दा लम्ब्याएर राख्ने पक्षमा रहेको बतान्छ । इन्सपेक्टरमा अब्बल नम्बरसहित आफू नियुक्त भएको र त्यसै अनुसार माथिल्लो पदमा पनि नियुक्त हुँदै गएकाले प्रहरी प्रमुख नियुक्तिमा आफनो पनि कार्यसम्पादन मूल्यांकन हुनु पर्ने माग उनको रिटमा उल्लेख स्रोत बताउँछ । 
उनले रिट हालेपनि अर्का डिआइजी बमबहादुर भण्डारी भने शान्त बसेका छन् । महानगरीय प्रहरी आयुक्त कार्यालयको निमित्त प्रमुख भएका उनलाई आइजी पदले खासै लोभ्याएको छैन । उनी जो आइजी भएपनि आफूलाई काम गर्न फरक नपर्ने भन्दै बसेका छन् । 
करिव ११ महिना मात्रै अवधि बाँकी रहेको अवस्थामा सरकारले समयमै एआइजीपी नियुक्त नगरी एकै पटक डिआइजीबाट आइजीपीमा नियुक्त गर्दा देखिएको यो समस्या सुल्झाउन नदिन डिआइजी प्रकाश अर्याल र निवर्तमान आइजीपी उपेन्द्रकान्त अर्याल निकै ठूलो कसरत गरिरहेका छन् । सिलवाल आइजीपी भए अवकाश पछि पाएको सुविधा सबै फिर्ता गर्नुपर्ने चिन्तामा रहेका निवर्तमान आइजीपी अर्यालले डिआइजी प्रकाश अर्याललाई उकासेर रिट हाल्न लगाएको स्रोतले दावी गरेको छ । 
तीन वर्ष अघि सिआइवी प्रमुख बनाइएका प्रकाश अर्याललाई ३५ किलो सुनको सुराकी बापतको लाखौं रूपैया हिनामिना गरेपछि त्यसको मुद्धा अख्तियारमा समेत परेको थियो । सो मुद्धालाई निवर्तमान आइजीपी उपेन्द्रकान्त अर्यालले नै तामेलीमा राख्न गरेको आग्रहलाई तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीले तामेलीमा राखेका थिए । सोही प्रकरणमा मुछिएपछि बाहिर अनुहार देखाएर हिड्न लजाएका प्रकाश अर्यालले आफू आइजीपी हुने कल्पना समेत गर्न सकेका थिएनन् । तर, उपेन्द्रकान्त अर्यालको उक्साहटमा लागेर आइजीपी खान रिट लिएर सर्वोच्चमा पुगेको स्रोतको दाबी छ ।  जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: