×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिएको परिक्षामा इतिहास रचेका विद्यार्थी प्रणवको टिप्स : ‘घोकेर होइन बुझेर पढौं’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ चैत्र २०७३, बिहीबार

PRIME CA
laxmi sunrise bank

सिएको परिक्षामा इतिहास रचेका विद्यार्थी प्रणवको टिप्स : ‘घोकेर होइन बुझेर पढौं’

काठमाडौँ – निकै गाह्रो मानिने चार्टड एकाउन्टेन्सी (सिए) को पढाइ अन्तर्गत केहिबर्ष अघि सम्पन्न परिक्षामा सिएको पहिलो र दोश्रो तहमा भारत भरकै विद्यार्थीहरुलाई उछिनेर प्रथम भएका विद्यार्थी प्रणव प्रतिक तुलस्यानले धेरै पढेरमात्र सफलता हासिल नहुने बताएका छन् । घोक्नेभन्दा बुझ्नेतर्फ विद्यार्थी लाग्नुपर्ने बताउने प्रणव प्रतिक तुल्स्यान भारतभरका विद्यार्थीहरुलाई उछिनेर प्रथम भएपछी एकाएक चर्चामा आएका थिए । 

सन् २०१४ मा सिएको पहिलो तहमा पनि भारतभरमै प्रथम भएका उनी सिएको दोश्रो तहमा पनि भारतभरमै पहिलो भएका हुन् । धेरैनै गाह्रो मानिएको विषय चार्टड एकाउन्टेन्सी (सिए) को पनि सबैभन्दा गाह्रो मानिएको दोश्रो तहमै सबैभन्दा बढी अङ्क ल्याएर इतिहास रचेका उनै प्रणव प्रतिक तुल्स्यानसँग अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले गरेको कुराकानी :

सिएको पहिलो तहमा जस्तै दोश्रो तहमा पनि प्रथम हुँदा स्तो अनुभूति भयो ? 
सिएको दोश्रो तहमा भारत भरमै प्रथम हुने मेरो चाहना पूरा भएको त्यो दिन सम्झंदा अहिलेपनि निकै खुसी लाग्छ । निकै खुसी भएको छु । मैले देखेको सपना पूरा भएको जस्तो लागेको छ ।

कहिले सोच्नु भएको थियो, यस्तो सफलता हाँसिल गर्छु भनेर ?
सोचेको थिएँ । यो मेरो सपना थियो जसलाई मैले जसरी पनि पूरा गर्नु थियो । मैले सार्वजनिक कार्यक्रममै पनि भनेको थिएँ, म जसरी पनि सिएको दोश्रो तहमा भारतभरमै पहिलो स्थान ल्याउँछु भनेर । त्यतिबेला मेरो कुरामा विभिन्न खालको टिप्पणी भएका थिए । अहिले मेरो सफलतामा सबैजना खुसी हुनुहुन्छ ।

यस्तो सफलता हाँसिल गर्न पढ्नुचाहिं कसरी पर्ने रहेछ ?
धेरै विद्यार्थीको घोक्ने बानी हुन्छ, जुन गलत अभ्यास हो । घोकेर होइन बुझेर पढ्नुपर्छ । परीक्षाको समयमा होइन नियमित पढ्नुपर्छ । यसरी पढियो भने सफलता टाढा छैन ।
कति घण्टा पढ्नुहुन्थ्यो ?
म दिनको लगभग ५-७ घण्टासम्म पढ़थ्यें। परीक्षाको समयमा १२ घण्टासम्म पढें । तर यति घण्टा नै पढ्नुपर्छ भन्ने हुँदैन । जसले जति घण्टा पढेर बुझ्छ, उसले त्यतिनै घण्टा पढ्ने हो ।
धेरैजना सिएमा फेल भएको देखिन्छ, विद्यार्थी के कारणले फेल भएका होलान् ?
विद्यार्थी अनुतिर्ण हुनुको पछाडी समय व्यवस्थापन गरेर पढ्न नसक्नु हो । सिएको पढाइमा पढ्नुपर्ने कुरा धेरै हुन्छ भने समय निकै कम हुन्छ । समयलाई व्यवस्थापन गर्न नसक्दा धेरै विद्यार्थीहरु अनुतिर्ण भएका हुन् । यस अलावा उनीहरु बुझ्ने भन्दा घोक्ने तिर बढि ध्यान दिने विद्यार्थीहरु पनि फेल भएका छन् ।

समय व्यवस्थापन कसरी गर्ने त ?
दैनिक पढ्नुपर्छ । सफलताको छोटो बाटो छैन । मेहेनत गर्ने पर्छ । हरेक दिन बुझेर पढ्ने । अरु कुराहरुमा समय खेर फाल्नु हुँदैन । समय आफैं व्यवस्थापन हुन्छ । सबै विषयलाई समय दिनुपर्छ । कुनै बिषय सजिलो छ भन्दैमा त्यसलाई समय नदिनु धेरै विद्यार्थीको कमजोरी हो । त्यसलाई सुधार्नुपर्छ ।
विद्यार्थीको पढाइमा अविभावकको भूमिका कस्तो हुनुपर्छ ?
अविभावकको भुमिका उल्लेखनीय हुनुपर्छ । आफ्ना छोराछोरीहरुलाइ पढ्ने वातावरण मिलाइदिनुपर्छ । हिजो आज विवाह, पार्टीमा स-परिवार जाने चलन छ । सिए पढ्ने विद्यार्थीले त्यो चलनलाई कम गर्नुपर्छ र अविभावकहरुले पनि त्यो कुरा बुझ्नुपर्छ । केहि क्षण रमाइलो गर्दा मन अन्यत्रै मोडिने हुँदा पढाइमा ध्यान दिन सकिँदैन। त्यसैले पढाइ बाहेकका कुराहरुमा अविभावकले जोड दिनु हुँदैन । आफ्ना छोराछोरीको पढ्ने समयलाइ अन्यत्र काममा नलगाउने तर्फ अविभावकले सोच्नुपर्छ । विशेषगरी परिवारका अन्य सदश्यले पनि आफ्नो परिवारको सदश्य पढ्दैछ भन्ने बुझ्नुपर्छ ।
यो सफलतामा तपाईंलाइ सबैभन्दा बढि साथ कसले दियो ?
परिक्षा हो, सबै भन्दा मेहेनत त म आफैंले गरें । त्यस अलावा मलाइ मेरो परिवारले पनि निकै राम्रो सहयोग गर्नु भयो । मैले ट्युसन पढेको इन्स्टिच्युट एकेडेमी अफ कमर्शका निर्देशक दीपक पाण्डेले मलाइ सधैं हौसला दिनुभयो । यो सफलतासम्म आइपुग्दा मलाई सबैभन्दा बढि सहयोग गर्ने उहाँ नै हो ।

अन्त्यमा सिए पढ्ने वा पढ्न खोज्नेहरुलाई के भन्न चहानुहुन्छ ?
सिएमा धेरै विद्यार्थी फेल हुन्छन् । धेरैले बीचमै छोड्ने पनि गरेका छन् । मेहेनतका साथ् पढ्नुहोस्, असम्भव केहि छैन । मैले पढ्दा पनि धेरैजनाले भन्नुहुन्थ्यो नेपालमा पढेर भारतभरमै प्रथम हुन निकै गाह्रो छ । तर मेरो सफलताले त्यसलाई गलत प्रमाणित गरिदिएको छ । त्यसैले तपाइहरु पनि सफल हुन गाह्रो छैन । मात्र मेहेनतको खाँचो छ ।
हेर्नुहोस् उनको सफलतासँग जोडेर बनाइएको अर्थ सरोकार टेलिभिजन कार्यक्रम 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: