×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देवता भएको नाटक गरेर धर्मका नाममा डरलाग्दो व्यापार गर्दैछन् यी तपश्वी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – रामवहादुर बम्जन, अर्थात पाल्देन दोर्जे । कलियुगका बुद्धका रुपमा परिचित एक तपश्वी । पटक पटक विवादमा आएका एक तपश्वी, जसलाई देवता भएको भन्दै पुज्नेहरु हजारौंको संख्यामा भइसकेका छन् । तर यिनको यथार्थता केलाउने हो भने यिनी बौद्धमार्गी कम र फट्याइ बढी गर्ने गर्छन् । यसअघि पनि उनका विषयामा विभिन्न विवादहरु आएका थिए । तर बिना सोच, र अध्ययन उनलाई ‘देवता’को उपमा दिनेहरुसँग बम्जनले भने राम्रै व्यापार गरिरहेका छन् ।
बोधि श्रवण धर्म संघले चैत आठ देखि २० गतेसम्म विश्वशान्ति महामैंत्री पूजा एवं महादर्शन आशिर्वाद कार्यक्रम भन्दै ललितपुरमा भव्य कार्यक्रम आयोजना गरिरहेको छ । स्रोतका अनुसार यसका लागि करोडौं रुपैयाँ आएको छ । तर त्यो पैसा कहाँ, र केमा खर्च हुन्छ भन्ने तथ्य आयोजकसँग पनि छैन ।

फष्टाउंदैछ ‘बम्जन-प्यापार’ !
‘वम्जनको व्यापार गर्ने तरिकापनि काइदाको छ । उनी नेपालमै रहेर धर्मको व्यापार गर्न चाहान्थे । तर नेपालमा उनीविरुद्ध विभिन्न कुराहरु सार्वजनिक भएपछि उनी एक जत्था बोकेर विदेश भ्रमणमा जाने तयारीमा छन् ।’ बम्जनलाइ नजिकबाट नियालेको बताउने एक बौध लामा भन्छन्, ‘देवताको नाटक गरेर गौतम बुद्धको नाम बेचेर खाने काम भएको छ । उनका नाममा अहिलेसम्म करोडौं रुपैयाँ विभिन्न संघ- संस्था बाट आइसकेको छ । तर त्यसको कुनै हिसाव-किताव छैन । देवताको नाटक गरेर उनले थुप्रै हर्कतहरु गरेका छन् । तर प्रशासनले उनलाई कारवाही गर्न सकेको छैन ।’
उनका अनुसार अहिलेपनि परत्यक्ष रुपमा बमजनका नाममा करोडौं सपत्ति जम्मा भैसकेको छ । ‘सम्बन्धित निकायले खोज्ने हो भने उनका आफन्तका नाममा करोडौंको सपत्ति जम्मा भइसकेको छ । कालोधनलाइ सेतो धन बनाउने धन्दामा उनका नाममा विभिन्न कामहरु सुरु भएका छन् । काठमाडौँमा अहिले हुन लागेको कार्यक्रमपनि त्यस्तै हो । नत्र त पत्रिकामा ज्याकेट कभर विज्ञापन हालेर वा हेलिकप्टर चार्टर गरेर कसैलेपनि धर्मको प्रचार गर्दैन । एउटा भिक्षुको त्यो हैसियत पनि हुँदैन। ‘ 
के भन्छन् बोधि श्रवण धर्म संघका अध्यक्ष ?
यता बोधि श्रवण धर्म संघकाका नाममा एक भव्य कार्यक्रमको आयोजना हुन थालेको छ । अहिले काठमाडौँका चोक-चोकमा ठुला विज्ञापन गरेर आयोजना हुन लागेको यो कार्यक्रममा करोडौं रुपैयाँ खर्च हुँदैछ । आखिर त्यो पैसा कहाँ बाट आयो ? के के मा खर्च भइरहेको छ ? कुनै हिसाव किताव छैन । यता उक्त संघका अध्यक्ष भने आशीर्वाद लिने कार्यक्रम राखेको दावी गर्छन् । ‘गुरु चाँडै विश्व भ्रमणमा निस्किदै हुनुहुन्छ । त्यहि भएका कारण हामीले गुरु दर्शन र आशिर्वादका लागि चैत ८ देखि २० सम्म ललितपुरमा कार्यक्रम राखेका छौं ।’ उनले धर्मका नाममा ठगी गर्छ भन्ने आरोप लागेकाहरु अज्ञानी भएको दावी गरेका छन् । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनी भन्छन्, ‘राम्रो काम गर्नेहरुलाई नराम्रो भन्ने कुरा काट्ने काम अज्ञानीहरुको हो ।’ 
धर्मका नाममा व्यापार भएको छ नि ! यत्रो पैसा कहाँबाट आयो र केमा खर्च भयो भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् , ‘ यो सबै अज्ञानीहरुको कुरा हो । एक रुपैयाँपनि गलत ठाउँमा खर्च भएको छैन । सबैभन्दा ठुलो कुरा गुरुको ज्ञान र आशीर्वाद हो । त्यसको कुनै मूल्य हुँदैन । मनुष्यको कुरा समयले बोध गर्नेछ ।’ उनले हतियारसँग जोडिएर आएको प्रसङ्गपनि झुटो भएको दावी गरे । ‘यो सव गुरुका नाममा भ्रम फैलाउनेहरुको कुरा हो ।’ उनले भने । 

यस्ता आरोप लागेका थिए बमजनलाई :
यता तपश्वी वम्जनलाइ विभिन्न खालका आरोपहरुपनि बिगतमा लागेका थिए । कुनैपनि औपचारिक शिक्षा नलिएका उनीविरुद्ध ६९ साल असारमा जिल्ला बन कार्यालयले पक्राउ पुर्जी जारी गरेको थियो । उनले जंगलमै पनि वन मासिएको प्रमाण भेटिएको थियो । फरक फरक नाममा नागरिकता निकाल्ने प्रयास गरेपछि बारा जिल्ला प्रशासनले पनि उनलाई पक्राउ गर्न खोजेको थियो । तर उनी त्यतिबेला पनि भागेका थिए । उनले चेकोस्लाभियाकी नागरिक मारिचीर अाफ्रनै बहिनी रञ्जितालाइ पनि बन्धक बनाएको प्रसङ्ग यसअघि नै चर्चामा आइसकेको छ ।
(यसअघिको एक ब्लगबाट साभार गरिएको तस्विरले आफ्नो आस्थामाथि आगाध पुगेको भन्ने बमजनका भक्तहरुको गुनासोपछी तस्विर परिवर्तन गरिएको छ- सम्पादक )
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: