×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेकेन्ड ह्याण्ड बाइक किन्दै हुनुहुन्छ ? यी ५ कुरा ख्याल गर्नुहोस्, नत्र फसिएला !

काठमाडौँ – धेरैका मोटरसाइकल अहिले अत्यावश्यक साधन भइसकेको छ । कार्यालय आउन- जान वा कतै जान काठमाडौँजस्तो जाम हुने ठाउँमा त झन् बाइक निकै नै उपग्योगी साधन हो । तर नयाँ बाइक किन्दा बढी रकम खर्च हुने हुनाले पनि यो आवश्यकता परिपूर्तिका लागि सेकेन्ड ह्याण्ड बाइक किन्नेहरुको भीडपनि बेग्लै हुन्छ ।
तर सेकेन्ड ह्याण्ड बाइक किन्दा केहि कुराहरुमा ध्यान दिनुपर्छ । नत्र फसिने सम्भावना अधिक रहन्छ । हामीले तपाईंहरुका लागि सेकेन्ड ह्याण्ड बाइक किन्दा ध्यान दिनुपर्ने केहि कुराहरुबारे तथ्यहरु कलन गरेका छौं । हेर्नुहोस् सेकेन्ड ह्याण्ड बाइक किन्दा ध्यान दिनुपर्ने केहि कुराहरु : 
१. सुरुमा आफ्नो आवश्यकता बुझ्नुहोस् । तपाईंलाई कस्तो बाइक सुहाउंछ वा आवश्यक छ भन्ने बुझ्नुहोस् । कस्तो माइलेज दिने कुन मोडलको बाइक आफुलाई ठिक हुन्छ भन्ने एकिन गर्नुहोस् । बाइक किन्दा आफ्नो पेशालाई पनि ध्यान दिनुहोस् । तपाईं प्रोफेसनल काममा हुनुहुन्छ भने उत्तेजक मोडलका बाइकहरु नकिन्नुहोस् । 
२. सेकेन्ड ह्याण्ड बाइकहरु धेरै ठाउँमा पाइन्छ । चिनेको वर्कशप वा डिलरबाट बाइक किन्नुहोस् । सस्तो पाएँ भन्दैमा कम चिनेको व्यक्ति वा ठाउँबाट बाइक नकिन्नुहोस् । 
३. बाइक हेर्दा कस्तो मात्र होइन अन्य पाठ पूर्जा ठिक छ कि छैन भन्नेबारेपनि बुझ्नुहोस् । सेकेन्ड ह्याण्ड बाइक किन्दा बाइक चलाईरहेको व्यक्तिको सल्लाह लिनुहोस् । 
४. बाइकमा विभिन्न खाले समस्या हुन सक्छन् । इन्जिन ठिक छ कि छैन, तेल चुहिने समस्या छ कि छैन, जस्ता कुराहरु बढी ध्यान दिनुहोस । बाइक आफुले लिनुअघि आफैंले एक पटक कुदाउनुहोस् । यसले तपाईंलाइ तपाईंले किन्न खोज्नुभएको बाइक कस्तो कन्डिसनमा छ भन्ने कुरा बुझ्न मद्धत गर्छ । 
५. सबैभन्दा महत्वपूर्ण कुरा भनेको बाइकको कागजात हो । ब्लु बुकमा उल्लेख भएको चेसिस नम्बर र गाडीको चेसिस नम्बरबीच मेल खान्छ कि खाँदैन भन्ने स्पष्ट हेर्नुहोस् । बाइकको बिमा तिरेको छ कि छैन, कर तिरेको छ कि छैन, बाइक चोरीको हो कि होइन लगायतका कुराहरु ध्यान दिनुहोस् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: