×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘बुद्ध भारतमा जन्मिएको’ भ्रम पढाउने शुभारम्भ पब्लिकेसन्सलाई ५० हजार घुस खाएर उन्मुक्ति !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – ‘गौतम बुद्ध भारतमा जन्मिएका हुन्’ भन्ने भ्रम छर्ने शुभारम्भ पब्लिकेसन्सलाइ उन्मुक्ति दिने प्रयास भएको खुलासा भएको छ । शिक्षा मन्त्रालयका नोडेल अधिकृत राजन निरौला र निर्मलादेबी मानन्धरले कमिसनको लोभमा उक्त पब्लिकेसनलाई उन्मुक्ति दिने प्रयासमा लागेको स्रोतको दावी छ । ‘विभिन्न भारतीय एजेन्टको लहैलहैमा गौतम बुद्धबारे भम्र छर्ने काम भएको छ । पुस्तकका सम्पादक समेत नेपाल सरकारका जिम्मेवार पदमा रहेर काम गरेका व्यक्ति हुन् । अव यसलाई राष्ट्रिय मुद्धा बनाउनुपर्छ । केहि साथीहरु पब्लिकेसन र लेखकविरुद्ध मुद्धाको तयारीमा हुनुहुन्छ ।’ स्रोतले भन्यो ।

यसरी भयो मिलेमतोको खुलासा 
गौतम बुद्धबारे भ्रमपूर्ण कुरा लेख्नेलाई कारवाही नगर्न शिक्षा मन्त्रालयकै कर्मचारीहरु लागि परेको खबर पाएपछि हामीले शिक्षा मन्त्रालयका नोडेल अधिकृत राजन निरौला र निर्मलादेबी मानन्धरलाई यसबारे सोधेका थियौं । ‘गौतम बुद्धको जन्मबारे भ्रम छर्ने शुभारम्भ पब्लिकेसनलाई के कारवाही भयो त ? गुनासोकर्ताले हेलो सरकारमार्फत चलानी नम्बर ४७१८० मा गरेको उजुरीउपर के छानविन भयो त ?’ भन्ने हाम्रो प्रश्नमा उनले सो उजुरी फछ्र्यौट भइसकेको बताए । उनलेे फछ्र्यौट भैसकेको भनेपनि गुनासोकर्ताको गुनासो ‘पेन्डीङ’ मै थियो । 
यसरी सरासर झुट बोलेको थाहा पाएपछि हामीले उक्त उजुरी फछ्र्यौट भएको प्रतिलिपी हामीलाई इस्क्यानिन गरेर मेलमा पठाईदिन आग्रह गर्यौं । तर ढाँटेको कुरा काटेको कहाँ मिल्थ्यो र ? उनलेे ‘हामी तपाईंलाई दिदैनौं । गएर सूचना अधिकृत समक्ष निवेदन हाल्नुस्’ भने । गुनासो सम्बन्धित निकाय मा पठाएको दाबी गर्ने निरौलाले अन्तत: हामीले प्रधानमन्त्री कार्यालयको वेबसाईट opmcm.gov.np मा भने काम हुँदै देखाएको थियो।
उता, नीज निरौलाले यसो बताएपछि हामीले अर्का नोडेल अधिकृत निर्मलादेबी मानन्धरलाई सम्पर्क गरेका थियौं । उनले सोको बारे पाठ्यक्रम बिकास केन्द्र पठाइएको दाबी गरेका थिए । दाबी गरेका मानन्धर समक्ष जिम्मेवार ब्यक्तिको नम्बर दिनुस् न भन्दा १९७ मा फोन गर्न आग्रह गरिन् ।
यता स्रोतले भने कारवाहीबाट जोगिन शुभारम्भ पब्लिकेसनले यी दुइ अधिकृतलाइ जनही ५० हजार रुपैयाँ दिएको दावी गरेको छ । यसरी घुस खाएर गौतमबुद्धको जन्मबारे भ्रम छरेको भन्दै यी दुईइरुद्ध अख्तियारमा समेत उजुरी परिसकेको दावी स्रोतको छ । ‘केहि दिनअघि अख्तियारमा घुस लिने निरौला र मानन्धर र घुस दिने दिनेश अधिकारीविरुद्ध छानविन होस् भनी उजुरी परेको छ । हेरौं के अव के हुन्छ ?’ स्रोतले भन्यो । यता पब्लिकेसनक एकेडेमिक डाइरेक्टर दिनेश अधिकारीलाई यस विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: