×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेप्सेको साइट डाउन !


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेप्सेको साइट डाउन भएको छ । बिहिबार कारोबार सुरु भएको केहि समयमानै नेप्सेको साइट डाउन भएको हो । साइट मर्मत भएकाले केहि समयमा नै खुल्ने नेप्सेका प्रतिनिधिले जानकारी गराएका छन् भने यता सेयर लगानीकर्ताहरुले भने नेप्सेको साइट डाउन गराएर चलखेल भएको हुनसक्ने आरोप लगाएका छन् ।  विदेशी अभ्यास हेर्ने हो भने यसरी साइट डाउन हुनुलाई चलखेलको रुपमा लिने गरिन्छ ।

नेप्सेको साइटमा बारम्बार समस्या देखिएपछि साइट निर्माता र नेप्सेबीच कमिसनको खेलमा कमसल वेव साइट बनाइएको र यसबारे छानविन होस् भनी वेव साइट निर्माता र नेप्सेका महाप्रबन्धक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्न एक समुहले तयारी गरिरहेको बुझिएको छ ।

केहि समय अघि अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै लगानीकर्ताको एक समुहले कमिसनको भरमा ब्रेनडिजिट नामक कम्पनीलाई काम दिएको र उक्त कम्पनीले गैर कानुनी रुपमा नेप्सेको एपीआइको दुरुपयोग गरेको भन्दै अख्तियारमा अनुसन्धानका लागि निवेदन दिन लागेको बताए ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: