×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मार्केट बुलिस ट्रेन्डमा छ, ऋणनै गरेर भएपनि लगानी गर्नुहोस् (सुन्दर प्रसाद पकुवालको विश्लेषण)

  • सुन्दर प्रसाद पकुवाल



नेप्से सुचक तथा कारोवार रकम दुुबै नै आज उच्च अंकले बढेको छ । नेप्से ४२ दसमलव १९ अंकले बढेर १४ सय २४ दसमलव ३८ अंकमा कायम रहेको छ भने नेप्से सेन्सिटिभ पनि नौ दसमलव २२ अंकले बढेर तीन सय नौ दसमलव ६० अंकमा कायम रहेको छ । आज कुुल एक सय ४० कम्पनीहरुको आठ हजार एक सय २२ वटा कारोवारमा २५ लाख २७ हजार पाँच सय ३५ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम एक अर्ब २६ करोड ८५ लाख २१ हजार आठ सय ५५ रुपैयाँ पुुगेको छ ।
सबैगरी आठ वटा समुहको कारोवार भएकोमा उत्पादनमुुलक समुहको सुचकमा पाँच दसमलव १२ अंकले गिरावट देखिएको छ भने बाँकी समुहको कारोवार सुचक बढेको छ । सबै भन्दा उच्च अंकले बढेको बीमा समुहको सुचक पाँच सय ६६ दसमलव ८३ अंकले बढेर सात हजार एक सय ९७ दसमलव ५३ अंकमा कायम रहेकोमा ५१ करोड १८ लाख ५५ हजार रुपैयाँको कारोवार भएको छ । 
अब नेप्से सूचक १४८० देखि १५३० सम्म जाने पक्का छ । नेप्से मार्केट बुलिस ट्रेन्डमा गयो । यसमा कुनै शंका मान्नुपर्दैन । प्राविधिक विश्लेषणले पनि यहि भन्छ । RSI , Volume ,Moving Average ,MACD, Stochastic oscillator, लगायतका सबै टुलहरुबाट हेर्दा पनि बजार बुलिस ट्रेन्डमा गएको भन्न सकिन्छ । 
अहिलेको अवस्था भनेको ऋण गरेर सेयर किन्ने हो । म पनि सबैलाई ऋण लियर सेयर किन्नलाई सल्लाह र सुझाव दिन चहान्छु । बाँकी त लगानीकर्ताकै मर्जी । 

Resistance1 1480 
Resistance 2 1530
Support 1=1350
Support 2=1300
Trend (Up/Down)
Long Term: UP
Mid Term: Down
Short Term: UP
Pattern Analysis
Chart Patterns- Break Out of Symmetrical Triangle

Candlestick Pattern – Bullish Candles are forming RSI – Over Bought Zone 65. and negative Divergence is observed.(RSI is up but price is down )

Bollinger Bands –clear indication.
MACD – Bullish Zone.
Moving Average – Nepse Index is above the 5 EMA and 20 EMA 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: