×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दुब्लो भएर तनाव भयो ? यसो गर्नुहोस् छिट्टै मोटाइन्छ !

दुब्लाउने टिप्सहरु हामीले प्राय: पाईरहेका हुन्छौं । तर मोटाउने टिप्स खासै पाइन्न । यसो त मोटो हुन रहर लाग्नेहरुपनि थुप्रै हुन्छन् । दुब्लो शरीर भएर हैरानी भोगीरहेकाहरुलाई मोटाउने टिप्सहरु पनि छन् ।
१. हरेक दिन विहान बढीमा २ वटा केरा खानुहोस् । केराले मोटो र बलियो बनाउन पनि सहयोग गर्छ । सेनामा जाँदा अन्डर वेट भएको खण्डमा कतिपयहरु केरा खाएर जाने गर्छन् । नियमित केरा खाने हो भने केहि महिनामै तपाईं मोटाउनुहुनेछ ।
२. खाना खाने बितिक्कै सुत्नुहोस् । निद्रा पुग्नेगरी सुत्नुहोस् । कतिबजे सुत्ने भन्ने कुराको नियमित तालका बनाउनुहोस् । जवरजस्त उठ्ने काम नगर्नुहोस् ।
३. व्यायाम गर्नुहोस् । व्यायाम गरेर घट्ने बोसो हो, मासु होइन । यो समाजमा रहेको ठुलो भ्रम हो । तर व्यायाम गरेपछि खाने गर्नुहोस् । एकै पटक बढी नखानुहोस् । दिनमा पटक पटक खानुहोस् ।
४. पानी बढी पिउनुहोस् । विशेषगरी माछा- मासु जस्ता खानेकुरा बेलुका खानुहोस् । विहान यस्ता खानाले अल्छीमात्र बनाउँछ ।
५. मनोविज्ञान महत्वपूर्ण कुरा हो । म मोटाउँदैछु भन्ने कुरामा विश्वास गर्नुहोस् । रक्सी चुरोट लगायतका कुराहरुबाट टाढा रहनुहोस् ।      
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: