×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नयाँ लागानीकर्तालाई १० टिप्स : यी कुरा ध्यानमा राखेर लगानी गरे घाटा हुन्न


  • अर्थ सरोकार टेन टिप्स 

काठमाडौँ – सेयर बजारमा लगानी गर्न खोज्ने सुरुका लगानीकर्ता अर्थात (इनिसियल इन्भेष्टर) हरुलाई बजारमा के-के कुरामा ध्यान दिने, के गरे सफल भईन्छ वा के गरे असफलता हात पर्छ भन्ने थाहा नहुँदा धेरै लगानीकर्ताहरु डुब्ने गरेका छन् । यहि बीचमा बुझेर लगानी गर्नेहरु रातारात मालामाल हुने बजारपनि यहि पूँजी बजार नै हो । ‘आखिर कसरी लगानी गर्ने त पूँजी बजारमा ? के गर्दा फाइदा हुन्छ ? के गर्दा घाटा हुन्छ ? लगानी गर्नुअघि के-के कुरामा ध्यान दिनुपर्छ ? के- के कुरा बिचार गरे जोखिम न्यूनीकरण हुन्छ ?’ जस्ता प्रश्नहरुले हरेक सुरुका लगानीकर्ताहरुलाई सताईरहेको हुन्छ । 

नयाँ लगानीकर्ताहरुलाई १० टिप्स 

१. नयाँ लगानीकर्ताहरु आफ्नो लगानीमा डुब्ने खतरा बढी हुन्छ । लगानी गर्दा बढी होस् पुर्याउन आवश्यक छ । लगानी धैर्यवान व्यक्तिहरुले गर्ने हो । लगानीका क्रममा हुने सामान्य घाटालाई सहन तयार हुनुपर्छ । पुस्तकमा जनाइएअनुसार कुनै पनि लगानीकर्ताले ८ प्रतिशतसम्म घाटा सहनुपर्ने मानसिकता पहिलानै बनाउनुपर्छ । कुन सेयर किन्न भन्ने मामलामा निर्णय गर्नु सबैभन्दा ठुलो चुनौती हो । 
२. लगानीकर्ताले बुझेरमात्र लगानी गर्नुपर्छ । हतोत्साही हुनुहुँदैन । धैर्यता राख्नुपर्छ । यसो गर्यो भने मात्र लगानीमा सफल हुन सकिन्छ । लगानी गर्न आवश्यक कुराहरु पहिला पूरा गर्नुपर्छ । नेपालको सन्दर्भमा डीम्याट खाता अनिवार्य रुपमा खोल्नुपर्छ । ब्रोकर छान्दा निकै ध्यान पुर्याउनुपर्छ । विश्वासिलो ब्रोकर छान्नु पर्छ । नेपालको सन्दर्भमा भएका ब्रोकरहरुमध्ये कुन राम्रो कुन नराम्रो भन्ने कुरा कारोबार गरिरहेकाहरुलाई सोध्नु र बुझ्नु उपयोगी हुन्छ । 
३. एकै पटक ठुलो रकम लगानी गर्नुहुँदैन । सुरुमा बजारको उतारचढाव थाहा हुनुपर्ने भएकाले सानो रकममा लगानी सुरु गर्नुपर्छ । नेपालको सन्दर्भमा पनि ५-१० हजार मा लगानी सुरु गर्दा हुन्छ । सेयर लगानी गर्दा सुरुमा अस्थिर प्रकृतिको सेयरमा लगानी गर्नु हुँदैन । धेरै सफल सेयर नेपालको सन्दर्भमा वाणिज्य बैंक, राम्रा विकास बैंक, उत्पादनमूलक क्षेत्र, बिमा कम्पनी र कम्युनिकेसन टेक्नोलोजीसँग सम्बद्ध संघसंस्थाको हुन्छ । यस्ता सेयरहरुमा विशेष जोड दिनुहोस् । 
४. पुस्तकले २० कित्ता सेयरलाइ जोड दिएको छ । सुरुमा २० कित्ता सेयर किनेर लगानी गर्न सुरु गर्न पुस्तकले सुझाव दिएको छ । ‘इमोसन कन्ट्रोल’ बजारमा लगानी गर्नेहरुका लागि अर्को महत्वपूर्ण कुरा हो । भावनामा बग्ने, छिट्टै आत्तिने वा मात्तिनेहरु बजारमा नआएकै राम्रो हुन्छ । सुरुवात हो भन्दैमा धेरै सस्तोमा लगानी नगर्नुहोस् । बुझेर राम्रो कम्पनीमा लगानी गर्नुहोस् । नेपालको सन्दर्भमा कुन कम्पनी राम्रो हो भन्ने बुझ्नुहोस् । राम्रोसँग बुझेरमात्र अगाडी बढ्नुहोस् । यसका लागि सेयरमा लगानी गरिरहेकाहरुबाट सुझाव लिनुहोस् । 
५. कम्पनीको विश्लेषण अर्को महत्वपूर्ण पाटो हो । कम्पनी विश्लेषण गरेर मात्र अगाडी बढ्नुहोस्ल । प्राविधिक र आधारभूत विश्लेषण सिक्नुहोस् । नजानेको हकमा जान्नेहरुबाट बुझ्नुहोस् । आधारभूत विश्लेषणमा कम्पनीको प्रफिट, पीइ रेसियो, इपीएस, लगायत हेर्नुपर्छ । यो गणना गर्न आउंदैन भने आउनेहरुसँग सुझाव माग्नुहोस् । बजारमा सेयरका ठुला खेलाडीहरु हुन्छन् । उनीहरुलाई पनि चिनिरहनुहोस् । उनीहरुले कुन सेयर किने वा कुन बेचे भन्ने कुरालाई नजर अन्दाज गर्नुहोस् । 
६. सेयर किन्नुभन्दा पनि कहिले बेच्ने भन्ने कुरा निकै महत्वपूर्ण कुरा हो । बजारबाट निस्किन नजान्नेहरुले गर्दा बजारबाट घाटा खानेको संख्या बढी भएको हो । यसलाई ख्याल गर्नुहोस् । यसका लागि प्राविधिक विस्लेषण सिक्नु निकै राम्रो हुन्छ । कुन समयमा सेयर किन्ने र कुन समयमा बेच्ने भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ । यसलाई ख्याल गर्नुहोस् । सेयर खुल्ने दिन खरीदको भोल्युमलाई ५० प्रतिशत वा सोभन्दा बढीका दरले बढाउनुपर्छ । बजार घट्न थाल्दा आत्तिनु हुँदैन । बढ्दा मात्तिनु हुँदैन । 
७. सेयर बजारमा इतिहास आफैं दोहोरिरहन्छ । यो विश्वव्यापी ट्रेन्ड हो । कुनै पनि सेयर खरीद गरेपछि तुरुन्त बेच्ने काम नगर्नुहोस् । घटीमा पनि डेढमहिना राखेर बिक्री गर्दा बढी नाफा हुनसक्छ । तर यो अवस्था
सधैं नहुन पनि सक्छ । यो कुरालाई विशेष ख्याल गर्नुहोस् । तपाईं भर्खरै लगानीको सुरुवात गर्दै हुनुहुन्छ भने यसलाई सामान्य रुपमा लिनुहोस् । सुरुवातमा घरेलु सेयर वा म्युचुअल फण्डमा मात्र लगानी गर्नुहोस् ।
८. सबैभन्दा बढी आफुलाई विश्वास नगर्नुहोस । तपाईंले कम्पनी विश्लेषण गरेर किनेको सेयर हत्तपत्त घाटामा जाँदैन । हल्लाको पछी नलाग्नुहोस् । तर बजारका विश्लेषणहरु राम्रोसंग बुझ्नुहोस् । बियरिस र बुल ट्रेन्डबारे जानकार हुनुहोस् । मुख्यगरी बियरिस मार्केट उच्च विन्दूबाट बढीमा २० देखि २५ प्रतिशतसम्म मात्र तल झर्छ । आर्थिक मन्दी, नराम्रो राजनीतिक स्थिति लगायतका कारणले यस्तो हुन्छ । कहिले किन्ने र बिक्री गर्ने भन्ने थाहा पाउनु नै सेयर बजारमा सफलताको मूल मन्त्र हो । लगानीकर्तालाई माथि उकास्नेकि तल झार्ने भन्ने कुरा पनि यहि कुराले निर्धारण गर्छ ।
९. बजारमा लगानी गर्दा डराउनु हुन्न । हतासका भरमा लगानी गर्ने वा बेच्नेहरु प्राय: असफल हुन्छन् । तपाईंलाइ आफुले किनेको सेयरमा विश्वास छ भने आतिनु हुँदैन । आतिन्नेहरु नै पछी पर्ने हुन् । यो कुरालाई ख्याल गर्नुपर्छ । सेयर बजारमा दुई खालका लगानीकर्ता हुन्छन् । एक : ग्रोथ स्टक इन्भेष्टर र अर्कोः भ्यालु इन्भेष्टर । ग्रोथ इन्भेष्टरहरुले जहिले पनि कम्पनीको राम्रो आम्दानी, बिक्रीतर्फको उच्च प्रगति, राम्रो प्रोफिट मार्जिन र १७ प्रतिशत भन्दा बढी इक्वीटीमा प्रतिफल खोज्छ । भ्यालू इन्भेष्टरहरुले जहिले पनि बेवास्तामा रहेको सेयर रोज्छन् र जुन कम्पनीको मूल्य आम्दानी अनुपात कम छ, त्यसमै लगानी गर्न खोज्छन् । यी कुरालाई राम्रोसँग ध्यान दिनुहोस् । 
१०. सेयर बजारमा लगानी गर्दा सचेत भएर मात्र लगानी गर्नुपर्छ । अहिलेको जमानामा सेयर सम्बन्धी अन्तराष्ट्रिय पुस्तक तथा भिडियोहरु इन्टरनेटमा उपलब्ध छ । नेपाली कितावहरुलाई विश्वास गरिहाल्ने स्थिति छैन । केहि समय अगाडी बजारमा आएको एक पुस्तक पढेर सेयरमा लगानी गरेका हरु डुबेका उदाहरण हाम्रै अघि प्रष्ट छ ।
(विभिन्न सेयर बजार विश्लेषक र सेयर बजार सम्बन्धि अन्तराष्ट्रिय पुस्तकहरुको रिफरेन्समा तयार पारिएको)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: