×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फोहोर टुबोर्ग बीयर पिउनुअघि एक पटक यो पढ्ने कि ! यी दुइ भिडियोपनि हेर्ने कि !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – यतिबेला धेरैतिर होलीको उत्साह छ । त्यसमाथि पनि मदिरा सेवन नै गरेर कुनै चाडबाड मनाउने, मदिरा सेवन नगरी रमाइलो नलाग्ने वा मदिरा पिउनका लागि कुनै बहाना खोजेकाहरुका लागि होली पनि मदिरा पिउने एक उत्तम बहाना बन्न सक्छ । तर आफुलाई होलीको अफिसियल बीयर भनी दावी गर्ने टुबोर्ग बियर पिउँदा तपाइंले बियरमात्र होइन, मान्छेको ‘मयल’, फोहोर, र यतिसम्मकी मान्छेको दिशापिसाव पनि पिउनुपर्ने हुनसक्छ ।   
सन्दर्भ हो पछिल्लो समय टुबोर्गभित्र भेटिएका अखाद्य बस्तुहरुको । केहि बर्षअघि टुबोर्ग पिएर बाग्लुङ घर भएका दुइ युवा देव गौचन र चन्द्रसिंह तामाङ अस्पतालको आइसीयुसम्म पुगेको तथ्य सार्वजनिक भएपछी ब्राण्डको बदनाम भएको भन्दै हरियो बोतलमा आउन सुरु गरेको टुबोर्ग बीयरका पछिल्ला लटका बीयरका बोतलहरुमा अत्याधिक फोहोर, र लेदो भेटिन थालेको छ । बीयरका बोतलहरुमा मान्छेको जिउबाट निस्किने महेलजस्तै फोहोर देखा परेको छ भने कतिपय ठाउँमा बीयरको बोतलभित्र लेदो नै लेदो भेटिएको छ ।

टुबोर्गमा भेटिएको लेदोलाइ कतिले मान्छेको मयल भनेका छन् । हेर्दा मान्छेको जिउबाट निस्किने मयलजस्तै देखिने लेदो भएकाले टुबोर्गभित्रको यो लेदो मान्छेको मयल हुन सक्ने भन्दै यस्ता बीयर पिउनुभन्दा अघि होसियार रहन सरोकारवालाहरु आग्रह गर्छन् । ‘यो टुबोर्गभित्र भेटिएको लेदो के हो भन्ने प्रश्न गर्दा आफुलाई बीयर सप्लाई गर्नेले समेत जे पनि हुन सक्छ, मान्छेको दिशापनि हुन सक्छ’ भनेका छन् । अव यो सुन्दासुन्दै र जान्दाजान्दै टुबोर्ग कसरी पिउनु !’ टुबोर्गको बोतलमा अखाद्य बस्तु भेट्टाएका रेष्टुरेन्टका मालिकले भने ।

कलङ्कीमा चर्चा : टुबोर्ग होइन ‘गु’बोर्ग’
टुबोर्ग बीयरको सप्लाई गर्ने एक व्यक्तिलेनै बीयरको बोतलभित्र हुने अखाद्य बस्तु मानिसको दिशा, खकार वा सिंगान समेत हुन सक्ने बताएपछी अहिले कलङ्कीका कतिपय रेष्टुरेन्टमा टुबोर्गलाइ ‘गुबोर्ग’ भन्दै चर्चा गर्न थालिएको छ । टुबोर्ग सप्लाई गर्नेले नै, ‘मातिएको जोशमा बीयर सकेर त्यहाँ खाकारेको पनि हुन सक्छ,  पिसाव फेरेको पनि हुन सक्छ । त्यसलाई राम्रोसँग सफा नगर्दा यस्तो लेदो भेटिएको हुनसक्छ’ भनेपछि विशेषगरी काठमाडौँको कलङ्की एरियामा यो बीयर निकै बदमान भएको छ ।  
   

हेर्नुहोस् अखाद्य बस्तु भेटिएको टुबोर्ग      




पहिला पनि यस्तै घटना :

टुबोर्ग बीयरमा अखाद्य बस्तु भेटिएको यो पहिलोपटक भने होइन ।  केहि बर्षअघि पनि यस्तै घटनाले चर्चा पाएको थियो । काठमाडौँको बसुन्धराको एक होटलमा रमाइलो गर्दै बाग्लुङका देव गौचन र चन्द्रसिंह तामाङ बियर पिउँदै थिए । उनीहरुको रोजाइको बियर थियो – टुबोर्ग । ड्यानिस बियरको ट्रेडमार्क लिएर नेपालमा उत्पादन भइरहेको यो बियर खाएको केही क्षणमै उनीहरु बेहोस भए । हत्तपत्त उनीहरुलाई नजिकैको विनायक अस्पताल लगियो । त्यहाँ उपचार हुन सकेन, अनि ल्याइयो सुन्धाराको लाइफ केयर अस्पताल ।
बियर खाएर मात्तिएर उनीहरु ढलेका थिएनन् । सिसीको पिँधमा लेदो र लेउसमेत लागेको ख्यालै गरेका रहेनछन् उनीहरुले । त्यही कारण बियरमा मेफनल नामक पदार्थ मिसिएको हुन सक्ने शंका चिकित्सकले गरेका छन् । उपचारमा संलग्न लाइफ केयर अस्पतालका डाक्टर समीर केसीले अहिलेसम्मको रिपोर्टका अनुसार गौचन र तामाङले बियर खाएकै कारण बेहोस भएको बताएका छन् ।
बाँकी  सुरेश राजबहाकले युट्युबमा अपलोड गर्नुभएको भिडियोमा हेर्नुहोस् :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: