×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्यानमारा टुबोर्गको कर्तुत नम्बर २ – बोतलभित्र लेदो र फोहोर, मान्छेको ‘महेल’ भएको ग्राहकको दावी (भिडियो प्रमाणसहित)

  •  अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – केहि बर्षअघि टुबोर्ग पिएर बाग्लुङ घर भएका दुइ युवा देव गौचन र चन्द्रसिंह तामाङ अस्पतालको आइसीयुसम्म पुगेको तथ्य सार्वजनिक भएपछी ब्राण्डको बदनाम भएको भन्दै हरियो बोतलमा आउन सुरु गरेको टुबोर्ग बीयरका पछिल्ला लटका बीयरका बोतलहरुमा अत्याधिक फोहोर, र लेदो भेटिन थालेको छ । बीयरका बोतलहरुमा मान्छेको जिउबाट निस्किने महेलजस्तै फोहोर देखा परेको छ भने कतिपय ठाउँमा बीयरको बोतलभित्र लेदो नै लेदो भेटिएको छ ।
यस्तै घटना कलङ्कीको एक रेष्टुरेन्टमा घट्यो । आफ्ना ग्राहकले ग्लासमा ल्याएको बीयरमा लेदोनै लेदो भेटिएको भन्दै झपारेपछी ती रेष्टुरेन्टका मालिकले आफ्नो रेष्टुरेन्टमा आएका सबै बियरहरु जांच गरे। त्यसपछि अरु बियरका बोतलहरुमा पनि फोहोर र लेदो भेटिएपछी उनले अर्थ सरोकार डटकमको कार्यालयमा सम्पर्क गरेका थिए ।
‘पहिला ग्राहकले कम्प्लेन गरे । ग्लासमा राखिसकेको बीयर हुनाले केहि गर्न मिलेन । त्यो फालियो । त्यसपछि मैले अरु बोतलहरु पनि चेक गरें । चेक गर्दा अरु बोतलहरुमापनि यस्तो पाएँ । बोतलभित्र मान्छेको महेल देखिएको छ । फ्याक्ट्रीमा पुगेका बोतलहरु सफा नगरेको हुनाले यस्तो हुने गरेको सुनेको छु । जे होस् यो बीयर कम्पनीले निकै गलत काम गरेको छ ।’ अर्थ सरोकार डटकमसंग उनले भने ।
‘पहिला कम्पनीको मान्छेलाई खबर गरौँकि जस्तो पनि लागेको थियो । तर कम्पनीका कर्मचारीले यस्तो बियरको बोतल देखेपछि खै हेरौं भन्ने, बिर्को अलिकति खोलिदिने र यो लिकेज भएर यस्तो भएको हो भन्ने तर्क दिने गरेको थाहा भएकाले मैले मिडियालाई नै बोलाउन ठिक ठानें । अघिल्लो दिन अर्थ सरोकार डटकममा टुबोर्गकै कर्तुतबारे समाचार आएको देखेपछि मैले अर्थ सरोकार डटकममा नै खबर गरें ।’ उनले अगाडी भने । उनले उक्त बोतल सुरक्षित राखेको र कम्पनीका मान्छेहरु आएपनि नदिने बताएका छन् ।       

बाँकी हेर्नुहोस् भिडियोमा :           


यो पनि पढ्नुहोस् :

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: