×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनाइटेड सिमेन्टको अवैध धन्दा : ठेकेदारसँगको मिलेमतोमा चुनढुंगा तस्करी !

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर – युनाइटेड सिमेन्ट कम्पनीले ललितपुरमा दादागिरी देखाएको छ । केहि सप्लायर्स कम्पनीका ठेकेदारको मिलेमतोमा कम्पनीले अवैध रुपमा चुनढुङ्गाको विक्री गरिरहेको छ भने ‘आफुले जे गरेपनि हुन्छ’ भन्ने शैलीमा सिमेन्टका कर्मचारीहरुले स्थानीय जनतालाई दुख दिइरहेका छन् । खुकुराको दाना बनाउन प्रयोग हुने चुनढुंगा दाना उत्पादक कम्पनीलाईहरुलाई नदिइ सिमेन्ट उद्योगले केहि सप्लायर्स कम्पनीका ठेकेदारको मिलेमतोमा तस्करी गरिरहेको हो । 
युनाइटेड सिमेन्टको दादागिरी : सम्झौता विपरित काम !
सम्झौता अनुसार युनाइटेड सिमेन्टले नौबिसेस्थित कारखानाबाट मात्र चुनढुंगा लैजान पाउँछ । उसले यहि सर्तमा लेलेको महादेव खोलामा चुनढुंगा खानी समेत संचालन गरेको छ । सम्झौता अनुसार सिमेन्ट कारखानाबाहेक अन्य ठाउँमा विक्री गर्न समेत पाइदैन । तर सम्झौता विपरित सिमेन्ट कम्पनीले चुनढुंगा धादिङसम्म पुर्‍याउने ठेक्का महत रोडा ढुंगा सप्लायर्स, र सरस्वती कुण्ड र विनायक सप्लायर्सले लिएका छन् । जसमध्ये विनायकका सञ्चालकको आफ्नै दाना उद्योग छ । तर यसरी नियम विपरित काम हुँदा पनि सम्बन्धित निकाय भने मौन छ ।
के भन्छन् स्थानीय ?
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै लेलेका स्थानीयहरुले युनाइटेड सिमेन्ट कम्पनीले दादागिरी देखाईरहेको आरोप लगाएका छन् । ‘लेले क्षेत्रमा कुखुराका दाना उत्पादन गर्न आवश्यक चुनढुंगा युनाइटेडबाहेक अन्य खानीले उत्पादन गरेका छैनन् । अहिलेको अवस्थामा चुनढुंगा उत्खनन गर्ने अर्को कम्पनी भारदेउ सिमेन्ट एन्ड स्टोन इन्डस्ट्री को खानी बन्द छ । यो केपी सिमेन्टको उद्योग हो । कुखुराका दाना उत्पादन गर्ने उद्योग भने सञ्चालनमा छन् । यो अवैध धन्दामा युनाइटेड सिमेन्टको एउटा गिरोह नै संग्लग्न छ ।’ एक स्थानीयले अर्थ सरोकार डटकमसँग भने । 
उनी अगाडी भन्छन्, ‘यसअघि पनि युनाइटेड सिमेन्टका नाममा उजुरी परेको थियो । चोरी निकासी बढेपछि भारदेउ सिमेन्टले रोकथाम गर्न प्रधानमन्त्री कार्यालयमा २०७३ असोज १७ मा पत्र पठाएको थियो । लगत्तै प्रधानमन्त्री कार्यालयले पनि आवश्यक कारबाही अगाडि बढाउन निर्देशन दिएको थियो ।’ उनले भने ।

दैनिक ३० हजार बढी राजश्व घाटा :
यसरी युनाइटेड सिमेन्टले अवैध रुपमा चुनढुंगाको तस्करी गरेपछि सरकारलाई दैनिक ३० हजार रुपैयाँभन्दा बढी राजस्व घाटा भइरहेको छ । स्थानीयले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार एक ट्रिपर ढुवानी गरेबापत सप्लायर्सले पाउने ६ सय ५० रुपैयाँको १३ प्रतिशत भ्याट सरकारलाई बुझाउनुपर्छ । तर एउटा रसिदबाटै दैनिक दसौं ट्रिप ढुंगा ओसारपसार गर्ने भएकाले त्यसवापत तिर्नुपर्ने राजस्व पनि गुमेको छ । अझ खास कुरा त के छ भने दशैं ताका ढुंगाको स्रोत खुलाउन नसकेको भन्दै महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले गोरख चनुढुंगा उद्योगमा तालाबन्दी समेत गरेको थियो । तर सबैको मिलेमतोमा अवैध काम भइरहेको स्थानीयको आरोप छ । 
के भन्छन् युनाइटेड सिमेन्ट ?
यता युनाइटेड सिमेन्ट कम्पनीका लेले इन्चार्ज हरि उप्रेतीले नियम विपरित कुनै काम नभएको दावी गरे । ‘नियम अनुसार नै चलेको छ कम्पनी । अव सप्लायर्स कम्पनीले अन्य ठाउँमा ढुंगा पुर्‍यायोकि पुर्‍याएन भनेर हेर्न ढुकेर बस्न कहाँ सकिन्छ र ? हाम्रो कम्पनी नियम अनुसार चलेको छ, कुरा त्यति हो ।’ उनले भने । यता प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले भने यसबारे केहि समय अघि पनि कुरा आएकाले आफुहरुले अनुगमन थाल्ने बताएका छन् । ‘केहि समय अघि पनि यो कुरा सुनिएको थियो । हामी अनुगमन गर्छौं ।’ उनले भने ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: