×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अल्पाइन पुग्यो हकप्रद अनुमति माग्न धितोपत्र बोर्ड

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – अल्पाइन डेभलपमेन्ट बैंकले  धितोपत्र बोर्डसँग ६९.३३% हकप्रद सेयर निष्कासनका लागि अनुमति मागेको छ । बैंकले प्रति सेयर १०० रुपैयाँ दरको १८ लाख ३ हजार २४७  कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । बैंकको ३ः२.०८ अनुपातमा आउने यो हकप्रदमा एनएमबि क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्दैछ । 
अल्पाइनको हाल बैंकको चुक्ता पुँजी २६ करोड ७५ हजार रुपैयाँ रहेको छ । तीन जिल्ला कार्यक्षेत्र रहेको अल्पाइनले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड २१ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७३ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ७५ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: