×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अरुण काबेलीको खुल्यो सेयर कारोबार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – वैशाख ३ गतेदेखि अरुण काबेली पावर कम्पनीको सेयर कारोबार खुलेको छ । अरुण काबेलीको पहिलो सेयर कारोबारका लागि प्रतिकित्ता ९९ रुपैयाँ ०७ पैसादेखि अधिकतम २९७ रुपैयाँसम्म नेपाल स्टक एक्स्चेन्जले सीमा निर्धारण गरेको छ ।  कम्पनीको १ करोड ५० लाख कित्ता आइपीओमा २९ लाख १० हजार कित्ता सेयर सर्वसाधारणसँग रहेको छ । 
अरुण काबेलीले गत कात्तिक ९ देखि १२ गतेसम ३० लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । यो आइपीओमा एक लाख ६६ हजार ११२ जनाले १२ अर्ब ६३ करोड रुपैयाँको आवेदन दिएका थिए । यो आइपीओमा ३५ हजार रुपैयाँ सम्म आवेदन दिनेलाई गोलाप्रथाबाट सेयर बाँडिएको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: