×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भार्गव विकास बैंकको १२ लाख कित्ता हकप्रद सेयर भर्ने सोमबार अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – भार्गव विकास बैंकको १२ लाख कित्ता (१००%) हकप्रद सेयर भर्ने सोमबार अन्तिम दिन हो । हकप्रद सेयरको आवेदन सोमबार कार्यालय समयपछि  बन्द हुनेछ । बैंकले एक कित्ता बराबर थप एक सेयर (१ः१) अनुपातामा सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर निष्कासनपछि भार्गवको चुक्ता पुँजी २४ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको यो हकप्रद सेयर फागुन ११ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 
भार्गवको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड हो । आवेदकले भार्गव विकास बैंक केन्द्रीय कार्यालय सुर्खेतरोड तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यस्तै, एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट भने चेक मात्र बुझ्ने व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा भार्गवको चुक्ता पुँजी १४ करोड ४० लाख रुपैयाँ छ । भार्गवले यो त्रैमासमा एक करोड ८० लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: