×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रपति भण्डारीलाई फोरकोटमा मुखर्जी र मोदीको ‘विशेष सम्मान’

काठमाडौँ  – राष्ट्रपति विद्या भण्डारीलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्वागत गरेका छन् ।
राष्ट्रपति भवन फोरकोर्टमा राष्ट्रपति भण्डारीलाई सेरेमोनियल स्वागत गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलले जनाएका छन् । घनिष्ट छिमेकीलाई विशेष सम्मान गरेको जनाएका छन् । राष्ट्रपति भण्डारीलाई पहिले प्रणव मुखर्जी र त्यसपछि नरेन्द्र मोदी ले स्वागत गरेका थिए । राष्ट्रपतिसँग राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री मोदीले छुट्टाछुट्टै रुपमा भेटवार्ता गरेका छन् । राष्ट्रपतिको सम्मानमा मंगलबार बिहान गार्ड अफ अनर कार्यक्रम राखिएको थियो ।
भण्डारीको भारत भ्रमणको औपचारिक भेटघाट आजै सकिनेछ र बुधबार र बिहीबर उनी नयाँ दिल्ली बाहिर रहनेछिन् । स्वागत ग्रहण गरेपछि राष्ट्रपति भण्डारी विहान साढे ९ बजे राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा पुगेर सम्मान प्रकट गरेकी छन् । त्यस्तै १० बजे यमुना जैविक विविधता पार्कको अवलोकन गर्ने कार्यक्रम छ ।
राष्ट्रपति भण्डारीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहान साढे ११ बजे राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ भने सवा १२ बजे गृहमन्त्री राजनाथ सिंहले भेट गर्नेछन् । अपरान्ह पौने४ बजे वित्तमन्त्री अरुण जेटलीले शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो उद्योगी व्यवसायीहरुलाई सम्वोधन गर्ने्छिन् ।
मंगलबार बेलुका साढे ४ बजे प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति भण्डारीवीच भेटवार्ता हुनेछ भने साढे ५ बजे उपराष्ट्रपति हमिद अन्सारीले शिष्टाचार भेट गर्नेछन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जी र राष्ट्रपति विद्यादेवी भण्डारीवीच साँझ साढे ७ बजे भेटवार्ता हुनेछ । लगत्तै भण्डारीको सम्मानमा मुखर्जीले रात्रीभोजको आयोजना गर्नेछन्, जहाँ दुबै देशका राष्ट्रपतिले सम्वोधन गर्ने कार्यक्रम छ ।
त्यस्तै उडीसामा विहीबार राष्ट्रपतिले लिंगराजा मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । त्यहाँ उनले महिला सुदृढीकरण परियोजनाको अवलोकन गर्नेछिन् । – काठमाडौँ टुडे 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: