×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विमानस्थलमै नेपालको राष्ट्रपतिमाथि भारतले देखायो हेपाहा प्रवृत्ति

भारतले नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीलाई विमानस्थलमै अपमान गरेको छ । केही दिन अगाडि मात्र बंगलादेशको प्रधानमन्त्री शेख हसिना भारतीइ भ्रमणमा पुग्दा उनको स्वगतार्थ प्रधानमन्त्री मोदी नै विमानस्थलमा तैनाथ थिए । तर आज नेपालको राष्ट्रपति त्यहाँ पुग्दा उनको स्वागतार्थ राज्यमन्त्री  खटाएर भारतलले नेपालप्रतिको हेपाहा प्रवृत्ति देखाएको हो ।
राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा आजै राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमण भन्दै त्यता प्रस्थान गरेकी थिईन । पाँचदिने राजकीय भ्रमणका लागि केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी भण्डारीको स्वागातार्थ भारतका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले आइपुगेकी थिईन ।
त्यसअघि विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले उनलाई स्वागत गरेका थिए । राष्ट्रपति भण्डारी विमानस्थलबाट उनलाई आतिथ्य दिइएको भारतीय राष्ट्रपति भवनतर्फ जानेछिन् ।
भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा राष्ट्रपति विद्यादेबी भण्डारी उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल र अन्य थुप्रै मन्त्रीहरु त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुगेका थिए । नेपाल भ्रमणमा आँउदा उनको स्वागतार्थ नेपालमा सार्वजानिक विदा समेत दिइएको थियो । यो हेक्का भारत सरकार र समकक्षी मुखर्जीलाई हुनु पर्ने हो ।
कुटनीतिज्ञहरुका शव्दमा नेपालको राष्ट्रपतिको स्वागतमा समकक्षी राष्ट्रपति जानुपर्ने हो त्यो नभए पनि कम्तीमा प्रधानमन्त्री जानु पर्नेमा परराष्ट्र मन्त्रीसम्म पनि नपठाएर भारतले आफ्नो हेपाहा प्रबृत्ति र कुटनैतिक मर्यादाको खिल्ली उडाएको विश्लेषण गर्न थालिएको छ । – एस काठमाडौं
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: