×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विराटलक्ष्मी विकास बैंकले कमाए ९ करोड २२ लाख खुद नाफा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा विराटलक्ष्मी विकास बैंकले ९ करोड २२ लाख ४६ हजार खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ९४.३३ प्रतिशतले वृद्धि भएको हो । बैंकले खुद व्याज आम्दानी पनि गत वर्षको तुलनामा ५९.९४ प्रतिशतले बढाएर २२ करोड ५२ लाख ६७ हजार पुर्याएको छ । गत वर्ष यही त्रैमासमा बैंकको खुद व्याज आम्दानी १४ करोड ८ लाख ३६ हजार रुपैयाँ मात्र थियो । विराटलक्ष्मीले ४ अर्ब ६७ करोड ८४ लाख ३१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकको कर्जा लगानी २१.३१ प्रतिशले बढेर ३ अर्ब ४७ करोड ७ लाख ४४ हजार रुपैयाँ पुगेको छ । 

बैंकले सम्भावित जोखिमका लागि २ करोड ३२ लाख ७१ हजार छुट्याएको छ । बैंकले खराब कर्जालाई २.७३ प्रतिशतबाट घटाएर १.३५ प्रतिशतमा सीमित गरेको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको चुक्ता पुँजी ५० करोड ४० लाख ४९ हजार रुपैयाँ पुगेको छ । बैंकको रिजर्भ कोषमा १८ करोड ९६ लाख ७६ हजार रुपैयाँ जम्मा भएको छ । विराटलक्ष्मीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ६३ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: