×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेञ्चुरीको १०% बोनस सेयरमा भयो मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

काठमाडौं – नेपाल स्टक एक्सचेन्जले सेञ्चुरी बैंकको मूल्य समायोजन गरेको छ । सेञ्चुरीको १०% बोनस सेयरमा मूल्य समायोजन गरेर प्रतिकित्ता ३६२ रुपैयाँमा तोकिएको छ । यस आधारमा बोनस समायोजनपछि सोमबार सेञ्चुरीको पहिलो कारोबार ३६२ रुपैयाँमा हुँदैछ । सेञ्चुरीको औसत आधार मूल्य भने ३७१ रुपैयाँ छ । सेञ्चुरीले चैत ३१ गते गर्ने साधारण सभामा सेयरधनीलाई १०% बोनस सेयर दिने प्रस्ताव गरेको छ । यसका साथै बोनस तथा इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपछि कायम हुने चुक्ता पुँजीको ४०% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि साभारण सभामा पेस हुँदैछ ।
सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ । सेञ्चुरीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड ३९ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको चुत्ता पुँजी तीन अर्ब ६८ करोड ९० लाख रुपैयाँ छ भने रिजर्भ कोषमा ८३ करोड ५९ लाख तीन हजार रुपैयाँ छ । सेञ्चुरीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ६६ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: