×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कन्ट्रीले कमाए ३७३५.०७% नाफा

  • अर्थ सरोकार सम्बाददाता 

 काठमाडौं –  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कन्ट्री डेभलपमेन्ट बैंकले ३ करोड ३० लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले खुद नाफा ३७३५.०७% ले वृद्धि गरेको छ ।  बैंकको खुद नाफा गत वर्ष ८ लाख ६१ हजार रुपैयाँ मात्र थियो । कन्ट्रीको खुद ब्याज आम्दानी पनि ५०.३९% ले बढेर ७ करोड २७ लाख ५४ हजार रुपैयाँ पुगेको छ । बैंकलाई भारीमात्रामा नाफा बढाउन खुद ब्याज आम्दानी र राइट ब्याकको सहयोग  मिलेको छ । बैंकले ९० लाख ५७ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने प्रोभिजनमा ९३ लाख ६ हजार रुपैयाँ छुट्याएको छ ।

बैंकले ४ करोड २७ लाख ४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । यो त्रैमाससम्म आइपुग्दा कन्ट्रीले १ अर्ब २७ करोड ५६ लाख ३३ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ३४ करोड ५१ लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले खराब कर्जामा उल्लेख्य सुधार गरेको छ । गत वर्ष ९.२५% रहेको खराब कर्जालाई घटाएर ३.४२% सीमित राखेको छ । कन्ट्रीको चुक्ता पुँजी ३८ करोड ७० लाख ८८ हजार रुपैयाँ छ । यसको रिजर्भ कोषमा ७ करोड ४५ लाख ६१ हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ११ रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ३३ पैसा छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: