×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एभरेष्टको खुद नाफा २६.२०% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –   चालु अर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले एक अर्ब ५२ करोड ५८ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यही अवधिको तुलनामा खुद नाफा २६.२०% ले वृद्धि भएको हो । गत वर्ष बैंकको खुद नाफा एक अर्ब २० करोड ९० लाख ५२ हजार रुपैयाँ थियो । यसैगरी, गत वर्षसँग तुलना गर्दा बैंकको खुद ब्याज आम्दानी पनि २३.५२% ले बढेको देखिन्छ । यो त्रैमासमा एभरेष्टले दुई अर्ब ६७ करोड ४९ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । एभरेष्टले तीन करोड ५३ लाख ६ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने सम्भावित जोखिमका लागि ९ करोड १५ लाख ३३ हजार रुपैयाँ छुट्याएको छ । बैंकले तेस्रो त्रैमाससम्म आइपुग्दा ९२ अर्ब ८१ करोड १४ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।
त्यस्तै, बैंकले ७३ अर्ब ५५ करोड पाँच लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गर्न पनि सफल भएको देखिन्छ । एभरेष्टले खराब कर्जालाई पनि ०.६७% मा सीमित राखेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७०.८९% छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्टको चुक्ता पुँजी चार अर्ब ६० करोड ६४ लाख २७ हजार रुपैयाँ पुगेको छ । पुँजी गत वर्षको भन्दा ६७.९६% ले वृद्धि भएको हो । बैंकको रिजर्भ कोषमा भने पाँच अर्ब ४३ करोड ३५ लाख ४३ हजार रुपैयाँ जम्मा भएको छ । एभरेष्टको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ चार पैसा छ । गत वर्ष तेस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी ६१ रुपैयाँ ४७ पैसा थियो । यसआधारमा प्रतिसेयर आम्दानी भने निकै घटेको देखिन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: