×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गरिमा विकास बैंकको हकप्रदमा मूल्य समायोजन ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज लिमिटेडले गरिमा विकास बैंकको ७०% हकप्रदमा मूल्य समायोजन गरेर ३३५ रुपैयाँ भाउ तोकेको छ । यस आधारमा हकप्रद समायोजनपछि बुधबार गरिमाको सेयर कारोबार प्रतिकित्ता ३३५ रुपैयाँमा खुलेको हो । गरिमाको औसत आधार मूल्य भने ३१८ रुपैयाँ छ । गरिमाले बैशाख १४ देखि जेठ १७ गतेसम्म ९० लाख ७६ हजार २९६.६६ कित्ता हकप्रद सेयर बिक्री खुला गर्दैछ ।
गरिमाको हकप्रदमा एस क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्दैछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गरिमाको चुक्ता पुँजी एक अर्ब आठ करोड पाँच लाख ११ हजार ५१० रुपैयाँ छ । गरिमाले १५ करोड ९५ लाख ४७ हजार ९१० रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ २८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: