घट्यो सुनचाँदीको मूल्य

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला ५४ हजार ७  सयमा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार १ सयले घटेर प्रति तोला ५४ हजार ६ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै गरि चाँदीको मूल्य ५ रुपियाँले घटेर प्रति तोला ७ सय ७५ रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार ८ सय १० रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ६४ रुपियाँ पाँच पैसा कायम गरेको छ।  
प्रकाशित : Thursday, April 27, 2017

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal