×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता र त्रिवेणीबीच शुक्रबारदेखि एकीकृत कारोबार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – जनता र त्रिवेणीबीच शुक्रबारदेखि एकीकृत कारोबार हुने भएको छ । जनता बैंक नेपाल लिमिटेडको नामबाट एकीकृत कारोबार हुने बताइएको छ । जनता र त्रिवेणीबीच १ः१ अनुपातमा स्वाप रेसियो कायम गरिएको छ ।

प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५३ पैसा रहेको त्रिवेणीको प्रतिसेयर नेटवर्थ भने ११९ रुपैयाँ ५७ पैसा छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म त्रिवेणीको चुक्ता पुँजी एक करोड ३५ लाख १९ हजार ७९० रुपैयाँ छ । दोस्रो त्रैमासमा त्रिवेणीले ११ करोड १५ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यता चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा जनताले १६ करोड १३ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने जनताको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ४१ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: