×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्योतिको १००% हकप्रद सेयर आँउदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – वैशाख २८ गतेदेखि ज्योति विकास बैंकले १००% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । ज्योतिले १ः१ अनुपातमा प्रति १०० रुपैयाँ अंकित मूल्यकोे १ करोड १० लाख ४३ हजार १७१ हजार कित्ता सेयर बिक्री गर्नेछ । यो हकप्रद सेयर जेठ ३१ सम्म भर्न पाइनेछ । यो हकप्रदमा वैशाख १३ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 
राष्ट्रियस्तरका विकास बैंकले यो असार मसान्तभित्र २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने राष्ट्र बैंकको प्रावधान छ । ज्योतिलाई अब राप्तीभेरीलाई एक्वायर अनि हकप्रद बिक्रीपछि राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन थप सजिलो हुनेछ । ज्योति विकास बैंक कमलादी काठमाडौंं र ज्योतिका देशभरका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर काठमाडौंबाट पनि आवेदन दिन पाइनेछ । हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ४३ करोड ४३ लाख १७ हजार १०० रुपैयाँ छ । ज्योतिले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ५४ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ५८ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ६७ पैसा छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: