×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सस्तोमा किन्नुस् काष्टमण्डप डेभलपमेन्ट बैंकको सेयर, मंगलबारदेखि लिलामीमा आउँदै

काष्ठमण्डप डेभलपमेन्ट बैंकले एक लाख सात हजार छ सय एक दशमलव २० कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । काष्ठमण्डपले सर्वसाधारण समूहतर्फको सेयर चैत २२ गतेदेखि लिलामीमा निकाल्न लागेको हो । आवेदकले एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरी काठमाडौंमा पुग्ने गरी चैत्र २८ गतेसम्म आवेदन फारम बुझाउन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य तोेकी निवेदन दिनुपर्नेछ । बोलपत्र चैत ३० गते एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरी काठमाडौंमा खोलिने बताइएको छ । 
यसअघि काष्ठमण्डपले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म १६ लाख ९९ हजार ७४१.७० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सोही क्रममा नबिकेको सर्वसाधारणतर्फको सेयर बैंकले लिलामीमा विक्री गर्न लागेको हो ।  
हाल काष्ठमण्डपको चुक्ता पुँजी ६७ करोड ९८ लाख ९७ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ९२ पैसा (बार्षिकीकरण) रहेको काष्ठमण्डपको प्रतिसेयर नेटवर्थ भने १२४ रुपैयाँ ३७ पैसा छ । काष्ठमण्डप कुमारी बैंकसँग विलय हुने प्रक्रियामा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: