×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौंको मेयरमा कुलमान घिसिङलाई लडाउने माओवादीको प्रस्ताव

काठमाडौं – काठमाडौँ महानगरपालिकाको मेयरको मैदानमा लड्ने कुनै योग्य पात्र नभेट्याएर छट्पटाएको माओवादी केन्द्रले सो पदमा विद्युत प्रधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङलाई उठाउने चर्चा चलाएको छ । नेकपा एमालेको तर्फबाट जीवनराम श्रेष्ठ र केशव स्थापितहरुको चर्चा चलिरहँदा उनीहरुलाई टक्कर दिनकै लागि माओवादीले कुलमानलाई मेयरको रुपमा उठाउन लागेको माओवादी केन्द्र भित्र चर्चा सुनिन थालेको छ ।
काठमाडौं महानगरपालिकाको मोयरमा जसरी पनि पल्लाभारी बनाउने योजना अनुरुप माकेले घिसिङलाई उठाउने तयारी थालेको छ । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकामा स्थापित र राप्रपाबाट राजाराम श्रेष्ठहरुको चर्चा छ । चौबिसै घण्टा नेपाललाई झिलिभिलि बनाएका घसिङले त्यहाँ छाडेको राम्रो छापलाई ‘क्यास’गरी काठमाडौबाट मेयरमा उठाए जित्ने भएको हुँदा घिसिङलाई उठाउन लागिएको माओवादी केन्द्रका नेताहरु बताँउछन ।
माओवादीले अन्य जिल्लामा भने कांग्रेससँग चुनावी एकता गरेर भएपनि सकेसम्म धेरै ठाउँमा विजयी हुने योजना अगाडि सारेको छ । काठमाडौंमा कांग्रेसँग एकता गर्ने कुरा पनि चलिरहेको छ । तर कांग्रेसँग एकता नभएमा चाहिँ घिसिङ नै मेयरको उम्मेदवार हुने नेताहरुको दावी छ । यता साझा पार्टीले पनि पूर्व सरकारी कर्मचारी किशोर थापालाई मेयरको पदमा उठाउँदैछ । यस सन्र्दभमा घिसिङले अहिले सम्म मुख खोलेका छैनन् । – एस काठमाडौं 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: