×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि माइक्रोफाइनान्सले कमाए ३ करोड ५२ लाख खुद नाफा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले ३ करोड ५२ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  एनएमबिको खुद नाफा गत वर्ष यही अवधिको तुलनामा ७२.२१% ले बढेको हो । यसको खुद ब्याज आम्दानी पनि ८३.८८% ले बढेर १० करोड ३२ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद ब्याज आम्दानी ५ करोड ६१ लाख ३२ हजार रुपैयाँ मात्र थियो । एनएमबि माइक्रोफाइनान्सले तेस्रो त्रैमाससम्म आइपुग्दा ३३ करोड ८५ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ५७ करोड ८३ लाख ५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
एनएमबिले निष्कृय कर्जालाई ०.८८% मा सीमित राखेको छ । गत वर्ष निष्कृय कर्जा १.३०% थियो । यो त्रैमासमा एनएमबिको सेयर पुँजी १० करोड ९६ लाख १५ हजार रुपैयाँ छ । गत वर्ष सेयर पुँजी ४ करोड ६० लाख रुपैयाँमात्र थियो । यस आधारमा माइक्रोफाइनान्सको सेयर पुँजी एक वर्षमा १३८.२९% ले वृद्धि भएको छ । कम्पनीको रिजर्भ कोषमा ५ करोड ६८ लाख १२ हजार रुपैयाँ जम्मा भएको छ । एनएमबिको प्रतिसेयर आम्दानी (वार्षिक) ४२ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ८३ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: